Logo
|
Friday 19th April 2024
Logo

epaper

एलोपेथिक पसलमा आयुर्वेद औषधि



घोराहीमा रहेको पल्लवी औषधि पसलले औषधिको अनुचित प्रयोग र दुरुपयोग गरेको जनाउँदै शुक्रबार औषधि विभागको नेपालगन्जबाट आएको टोलीले सिलबन्दी गरेको छ ।

सो औषधि पसलले नेपालमा बिक्रीका लागि अनुमति नपाएका विभिन्न प्रकारका आधा दर्जनभन्दा बढी भारतीय औषधि बिक्रीका लागि राख्नाका साथै गैरकानुनी रुपले गर्भपतनमा प्रयोग गरिने औषधि बिक्री गरेको पाइएको छ । एलोपेथिक पसलमा आयुर्वेद औषधि राखेर बिक्री गरेको र रु दुई लाखको पँुजीमा पसल दर्ता भए पनि त्यसभन्दा बढीको औषधि फेला परेपछि सिलबन्दी गरिएको औषधि विभागका निरीक्षक यादवप्रसाद ढकालले जानकारी दिनुभयो ।

यसअघि पनि औषधि विभागको टोलीले उक्त पसलमा अनुगमन गर्दा कमजोरी पाइएकाले सच्चिन आग्रह गरिएको थियो । शुक्रबार विशेष सूचनाका आधारमा त्यहाँ छापा मारी केही औषधिसमेत जफत गरिएको छ । यसैबीच अनुगमनका लागि औषधि विभागको टोली दाङमा आएको जानकारी पाएपछि शुक्रबार घोराही क्षेत्रमा रहेका केही औषधि पसल बन्द गरिए । रासस

प्रतिक्रिया दिनुहोस्