Logo
|
Saturday 21st September 2019
NEWS PAPER

रक्तदान नै ठुलो जीवनदान



तपाईंले कसैलाई जीवनको उपहार दिनुभएको छ रु त्यो पनि एक पैसा खर्च नगरी रु हो, हामी रक्तदानकै चर्चा गर्दै छौं । करिब चार महिनामा आफैं नष्ट हुने र तपाईंको शरीरमा नयाँ बनिराख्ने रगतको दान, जसको विकल्प नभएकोले यसलाई जीवनदानसमेत भन्ने गरिन्छ ।

यसैले होला, हालसम्म १ सय ५० पटक रक्तदान गरे पनि प्रेमसागर कर्माचार्यको धित मरेको छैन । ५३ वर्षे कर्माचार्यले १६ वर्षको उमेरदेखि नियमित रूपमा रक्तदान गर्दै आएका छन् । शरीरले साथ दिएसम्म आमव्यक्तिलाई आफ्नो रगतका माध्यमले जीवनको उपहार दिन जति बेलै तयार भइरहेका हुन्छन् उनी ।

 ” रक्तदान गर्ने बेला सुईले नसा घोच्दा कमिलाले टोकेजस्तो मात्रै हुन्छ, पीडा भन्नु त्यति हो । कतिखेर तपाईंको एक पोका ९एक पिन्टर४५० मिलिलिटर० रगत १५ मिनेटभित्र संकलन भयो, थाहै पाउनुहुन्न । तर यो प्रक्रियाका माध्यमले तपाईं कुनै व्यक्तिको ज्यान बचाइरहनुभएको हुन्छ ।प्रेमसागर कर्माचार्यकीर्तिमानी रक्तदाता “

 

एउटा आकलनअनुसार, एकै जनाले पनि १८ वर्षदेखि ६० वर्षसम्म नियमित अन्तरालमा रक्तदान गर्न गरे भने करिब पाँच सय जनाको ज्यान जोगाउन सकिन्छ । ‘सामान्य व्यक्तिलाई रक्तदानको महत्त्व त्यतिखेर मात्र थाहा हुन्छ, जति बेला उनीहरूका आफन्त रगतको अभावमा जीवन र मृत्युको दोसाँधमा हुन्छन्,’ कर्माचार्य भन्छन्, ‘रक्तदान गर्ने बेला सुई नसामा लगाउँदा कमिलाले टोकेजस्तो मात्रै हुन्छ, पीडा भन्नु त्यति हो । कति खेर तपाईंको एक पोका ९एक पिन्टर४५० मिलिलिटर० रगत १५ मिनेटभित्र संकलन भयो, थाहै पाउनुहुन्न । तर यो प्रक्रियाका माध्यमले कुनै व्यक्तिको ज्यान बचाइरहनुभएको हुन्छ ।’

हाम्रो शरीरमा दिनहुँ पुरानो रगतको क्षय हुनुका साथै नयाँ रगतको निर्माण भइरहेको हुन्छ । यो प्रक्रिया जीवनपर्यन्त चलिरहन्छ । तपाईंले दान गरेको एक पोका रगतको आपूर्ति शरीरले दुई दिनमै गर्ने उल्लेख गर्दै भक्तपुर क्यान्सर अस्पतालका रक्तरोग विशेषज्ञ डा। अजय झा भन्छन्, ‘ती रगतको सबै घटक बन्न करिब तीन महिनाको समय लाग्ने भएकोले दुईपल्टको रक्तदानबीच तीन महिनाको फरक हुनुपर्छ ।’

कर्माचार्य जति बढी रक्तदान गर्छन्, आफू त्यति नै हट्टाकट्टा भइरहेको अनुभव गर्छन्। आफ्ना धेरैजसो साथीलाई नियमित औषधि सेवन गर्नुपर्ने बिमार भए पनि उनले हालसम्म कुनै दीर्घरोगको लागि औषधि खानुपरेको छैन । रक्तदानपछि कुनै शारीरिक समस्या वा कमजोरी हुने भ्रम चिर्नुपर्ने जनाउँदै उनी यसले मानसिक शान्तिसँगै शारीरिक फाइदासमेत पुग्ने दाबी गर्छन् ।

रक्तदान गर्दाताका आफ्नो शारीरिक अवस्थासमेत जानिने उल्लेख गर्दै डा। झा चिकित्सकले विभिन्न परीक्षणका माध्यमले उपयुक्त ठहर्‍याएका जोसुकै व्यक्तिले रक्तदान गर्न सक्ने बताउँछन् । एचआईभीरएड्स, यौनरोग, हेपाटाइटिस बी र सी लगायतका संक्रामक रोगको उच्च जोखिममा रहेका व्यक्तिले चाहिँ रक्तदान गर्नु हुँदैन । महिनावारी भएका बेला, स्तनपान गराउने अवस्था रहेका बेला पनि रक्तदान गर्नुहुन्न ।

‘कुनै पनि रोगको नियमित उपचार गराइरहेकाहरूले संक्रमण निको भइसकेपछि चिकित्सकले उपयुक्त रहेको बताए मात्र रक्तदान गर्न सक्छन्,’ डा। झा भन्छन्, ‘स्वस्थ, वयस्क, संक्रमण र रोगबाट मुक्त रहेकाहरूले रक्तदान गर्न सक्छन् ।’

हाम्रोजस्तो निम्नआय भएको मुलुकमा पर्याप्त रक्तदान हुने गरेको छैन । कुनै पनि मुलुकको एक प्रतिशत जनसंख्याद्वारा गरिने रक्तदानले त्यो मुलुकको रगतको आधारभूत आवश्यकता पूरा हुन्छ ।

हाम्रो मुलुकमा रगतको आवश्यकतामा क्रमिक रूपले वृद्घि हुँदै गएको छ । केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक डा। मनिता राजकर्णिकार बर्सेनि १२।५ प्रतिशतले रगतको आवश्यकता बढ्ने गरेको बताउँछिन् ।

हाम्रो मुलुकमा रक्तदातामध्ये पुरुष ८४ प्रतिशत र महिला १६ प्रतिशत छन् । नेपाल रेडक्रस सोसाइटीका अनुसार हाम्रो मुलुकका ६७ जिल्लाका एक सय ठाउँमा ब्लड बैंक छ ।

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का अनुसार विश्वव्यापी रूपमा बर्सेनि ११ करोड २५ लाख पटक रक्तदान हुने गरेको छ । तीमध्ये करिब आधाजति विश्वको १९ प्रतिशत जनसंख्या बसोबास गर्ने उच्च आय हुने मुलुकमा संकलित गरिन्छ । औसत रगत संकलन गर्ने दर निम्नआय भएका मुलुकको दाँजोमा उच्च आय भएका मुलुकमा नौ गुणा बढी छ ।

के हो रगत ?
रगत जीवन हो । रगतले हाम्रो शरीरका कोषिकाहरूलाइ आवश्यक पोषक तत्त्वसँगै अक्सिजनको आपूर्ति गर्छ । साथै कोषिकाको खराब पदार्थलाई शरीरबाहिर फयाल्ने काम पनि गर्छ ।

एक जना स्वस्थ व्यक्तिको शरीरको तौलको करिब ७ प्रतिशत भाग रगत हुन्छ । सबैभन्दा बढी पाइने रगतको समूह ‘ओ’ हो र सबैभन्दा कम पाइने रगतको समूह ‘एबी नेगेटिभ’ हो ।

रगतमा ६० प्रतिशत द्रव्य र ४० प्रतिशत ठोस हुन्छ । द्रव्यलाई प्लाज्मा भन्छौँ, जसमा ९० प्रतिशत पानी र १० प्रतिशत पोषक तत्त्व, हार्मोन इत्यादि हुन्छन् । र, यो भोजन, औषधि आदिले गर्दा धेरै छिटो बन्ने गरेको छ । तर रगतको ठोस खण्ड जसमा रातो रक्तकणिका, सेता रक्तकणिका र प्लेटलेटस हुन्छन्, तिनलाई फेरि बन्नमा धेरै समय लाग्छ ।
रगतका माध्यमले शरीरभित्र पोषण, इलेक्ट्रोलाइट, हार्मोन, भिटामिन, एन्टिबडी, उष्मा र अक्सिजन पुग्छ । रगतले शरीर शरीरबाट अपशिष्ट तत्त्व र कार्बन डाइअक्साइडलाई बाहिर निकाल्ने गर्छ ।

रगतले संक्रमणसंग लड्न र घाउ छिटो निको पार्नसमेत सघाउँछ । शरीरमा कुनै पनि किसिमको संक्रमण हुन लागे पहिलो अवरोध रातो रक्तकणिकाले उत्पन्न गर्छ । ग्रेनुलोसाइट नामक रातो रक्तकणिका रक्तकोषिकाको भित्ता हुँदै पौडिन्छ र विषाणुलाई खोजेर नष्ट पार्छ ।
रातो रक्तकणिकाले शरीरका अंग–प्रत्यंग र कोषिकासम्म अक्सिजन पुर्‍याउने गर्छ । दुईतीन थोपा रगतमा पनि करिब एक अर्ब रातो रक्तकणिका हुन्छ ।

कसले गर्न सक्छ रक्तदान ?
१८ वर्षदेखि ६५ वर्षसम्मका स्वस्थ व्यक्ति हुनुपर्छ ।
पुरुषले तीन महिनाअघि र महिलाले चार महिनाअघि रक्तदान गरेको हुनुपर्छ ।
शारीरिक तौल ४५ किलोभन्दा बढी हुनुपर्छ ।
रगतमा हिमोग्लोविनको मात्रा कम्तीमा १२ ग्राम हुनुपर्छ ।
नाडीको चाल एक मिनेटमा ५० देखि १०० सम्म हुनुपर्छ ।
शरीरको तापक्रम ९९।५ डिग्री फरेनहाइटभन्दा बढी हुनु हुँदैन ।
डायस्टोलिक रक्तचाप १०० एमएमरएचजीभन्दा कम हुनुपर्छ ।
सिस्टोलिक रक्तचाप १६० एमएमरएचजीभन्दा कम हुनुपर्छ ।
टाइफाइड, औलो, हेपाटाइटिसजस्ता संक्रामक रोग भएको हुनु हुन्न ।

यी समस्या भए केही समय रक्तदान गर्नु हुन्न
क्षयरोगको औषधि पूरा गरेको दुई वर्षसम्म
कुकुरले टोकेको वा रेबिजको खोप लिएको एक वर्षसम्म
जन्डिस भएको एक वर्षसम्म
इम्युनोग्लोविनको सुई लिए एक वर्षसम्म
ठेउला, चिकेन पक्स भए एक वर्षसम्म
औलो भएको तीन महिनासम्म
रगत चढाएको ६ महिनासम्म
ठूलो शल्यक्रिया गरेको ६ महिनासम्म
सानो शल्यक्रिया गरेको तीन महिनासम्म
एन्टिबायोटिक, एस्प्रिन, स्टेरोयड औषधि लिएको तीन दिनसम्म
श्वासमार्गको संक्रमण निको भएको सात दिनसम्म
नाक वा कान छेडेको ६ महिनासम्म
टाटु बनाएको ६ महिनासम्म

नियमित रक्तदानका फाइदा
नयाँ कोषिकाको निर्माण हुन्छ ।
नियमित समयमा रक्तदान गर्दा शरीरमा फलामको मात्रा सन्तुलित रहन्छ ।
नियमित रक्तदानले हृदयाघात हुन दिंदैन ।
रक्तदानले रक्तचाप नियन्त्रित हुनाका साथै कोलेस्ट्रोलमा समेत कमी आउँछ ।
शरीरमा भएको बढी क्यालोरी र बोसो डढ्छ ।

रक्तदान गर्नुअघि
धूमपान गर्नु हुन्न ।
तीन घण्टापहिले राम्ररी खाना खाएको हुनुपर्छ ।
पोषक तरल पदार्थको सेवन गर्नुपर्छ ।
४८ घण्टा अघिसम्म मद्यपान गरेको हुनु हुन्न ।

कुन रक्तसमूह कति ?
(राष्ट्रिय स्तरमा रक्तदाताहरूद्वारा दिइने आधारमा )
ए पोजेटिभ २७।५६ र नेगेटिभ ०।८३ प्रतिशत
बी पोजेटिभ २७।४९ र नेगेटिभ ०।८९ प्रतिशत
ओ पोजेटिभ २८।७० र नेगेटिभ ०।९८ प्रतिशत
एबी पोजेटिभ १३।१२ र नेगेटिभ ०।४३ प्रतिशत
कान्तिपुरबाट

NH
Health News
प्रतिक्रिया दिनुहोस्