Logo
|
Friday 29th March 2024
Logo

epaper

लागुऔषध दुरुपयोग तथा ओसारपसार बिरुद्दको अभियान



बालबालिका र युवाको स्वास्थ्य र सुरक्षित विकासका लागि सर्वप्रथम उनीहरुको कुरा सुनौँ’ भन्ने मूल नाराका साथ लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा  विविध कार्यक्रमसहित सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।

गृहमन्त्रालयमा  आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव केदार न्यौपानेले यही असार ६ देखि १२ गतेसम्म विविधि कार्यक्रमको आयोजना गरी यो दिवस मुलुकभर मनाउने तयारी गरिएको जानकारी दिनुभयो ।

लागुऔषध एक जना व्यक्तिको नभई सिङ्गो समाजको समस्या भएकाले समाज नै मिलेर यसको सामना गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख धिरु बस्न्यातले लागुऔषधको प्रयोग वृद्धि हुनु भनेको स्वतः अपराधको पनि वृद्धि हुनु भएकाले यसको नियन्त्रणका लागि सबै पक्षको सहयोग र समन्वय आवश्यक रहेको छ भन्नुभयो ।

प्रहरीको मात्रै सक्रियताले लागुऔषध नियन्त्रण सम्भव नभएको भन्दै घरपरिवार, विद्यालय, समाज सबैले यसको निगरानी राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।दिवसका अवसर पारेर नेपालभरका चलचित्र भवनमा लागुऔषधविरुद्धको सचेतनासम्बन्धी सामग्री प्रसारण गर्ने, स्थानीय निकायका जनप्रतिनिधिलाई सहभागी गराई अन्तक्र्रिया कार्यक्रम गर्ने, विद्यालय र कलेजमा सचेतना कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रम गर्ने तयारी भइरहेको सो अवसरमा जानकारी गराइयो ।

लागु पदार्थमा फस्नेहरमा सानो उमेरका केटाकेटि देखि युवायुवती र पाका उमेरका वृद्धवृद्धा समेत भेटिन्छन् । र पनि लागु पदार्थ दुव्यसनको  लतमा फस्नेहरुमा अधिकांस तन्नेरी युवायुवतिको ठुलो जमात नै रहेको पाईन्छ विशेष गरि माध्यमिक तहमा अध्ययन गर्नेहर  +२ पढ्ने बिद्याथीहरु प््रथमत लागु पदार्थको लतमा फस्ने गरेको भेटिन्छ । एकातिर लागु पदार्थ सेवनमा प्रथम पाईला टेक्नेहरु अज्ञानवस साथी भाईको देखासिकी अथवा एकपल्ट चाखिहेरौ गरौ के ने बिग्रिएला र ? भन्दै दुव्र्यसनमा सुरुआति पाईला राख्दछन् भढ्दो उमेरका जवानहरु आफ्नो उमेरका कारण धाकधक्कुमा बढी रमाउने स्वाभावमा हुन्छन् ।

यस्तै असार १२ गते दिवसको अवसर पारेर प्रभातफेरी तथा प्रज्ञा–प्रतिष्ठानमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।नेपालमा एक लख ४२ हजार कडा लागुऔषधका प्रयोगकर्ता रहेको र हरेक वर्ष ११ दशमलव ६७ प्रतिशतले बढिरहेको   गृहमन्त्रालयले जनाएको छ । जसमध्ये महिलाको सङ्ख्या १० प्रतिशत छ।

संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर १९८७ मा प्रत्येक वर्ष जुन २६ लाई लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाइने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्