Logo
|
Saturday 21st September 2019
NEWS PAPER

सुरक्षित छैन रगत, स्क्रिनिङमा ब्लड बैंकहरूको लापरबाही



 हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ वर्षे युवामा हालै परीक्षण गर्दा एचआईभीरएड्स संक्रमण देखिएको छ । ‘चढाइएको रगतबाट ती युवालाई एचआईभीरएड्स संक्रमण हुन पुगेको हो,’ उपचारमा संलग्न कान्ति बाल अस्पतालका डा।अजित रायमाझीले भने, ‘मुलुकमा संकलित रगत सुरक्षित छैन, उपयोगकर्तामा एचआईभीरहेपाटाइटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिँदै आएको छ ।’

रगतको माग बढ्दै गए पनि ब्लड बैंकहरूले गतिलो जाँच ९स्क्रिनिङ० नगर्दा यस्ता संक्रमणको जोखिम बढेको हो । ‘ब्लड बैंकले रगतको स्क्रिनिङमा थप ध्यान नदिएसम्म रगतजन्य संक्रमणबाट प्रभावित हुनेको संख्या वृद्घि हुँदै जाने देखिन्छ,’ डा। रायमाझीले भने । रगत चढाइएकै कारण एचआईभीरहेपाटाइटिस बी र सी लगायतका अन्य रक्तजन्य संक्रमणमा पर्नेको संख्या बढेको भए पनि यसको आधिकारिक तथ्यांक सरकार र स्वास्थ्य संस्थाहरूसँग छैन ।

रेडक्रसको रक्त सञ्चार सेवा तथा अन्य ठाउँबाट लिएको रगतबाट एचआईभी, हेपाटाइटिस बी र सी लगायतका संक्रमण नहुने ग्यारेन्टी गर्न नसकिने विशेषज्ञहरू बताउँछन् । ‘रेडक्रस लगायतकाले रगत लिँदारदिँदा प्राथमिक जाँचको मात्रै भर परेकाले ‘विन्डो पिरियड’ का रक्तदाताबाट एचआईभी, हेपाटाइटिस लगायतका संक्रमण रगत लिनेमा सर्दैछ,’ भक्तपुर क्यान्सर अस्पतालका रक्तरोग विशेषज्ञ डा। अजय झा भन्छन् । पहिलो संक्रमण र रगतमा सहजै सामान्य परीक्षणले उक्त संक्रमणको उपस्थिति देखिन लाग्ने समयलाई ‘विन्डो पिरियड’ भनिन्छ ।

डा। झाका अनुसार संक्रमित रगत चढाउँदा एचआईभी, हेपाटाइटिस बी र सीसँगै औलो, सिफलिस, गोनोरिया, वेस्ट नील भाइरस, एचटीएलभी, साइटोमेगालो भाइरस, पर्भो भाइरसलगायत थुप्रै प्रकारका ब्याक्टेरियाबाट हुने संक्रमणको जोखिम हुन्छ । संक्रमित रगतले ‘क्रुज फिल्ड ब्याक अप डिजिज’ जस्ता रोगसमेत हुन सक्छ । यो रोग लागेपछि स्नायु नष्ट हुन थाल्छ ।

रेडक्रस लगायतका ब्लड बैंकले समयसँगै रगत परीक्षण गर्ने प्रविधि अद्यावधिक गर्न नसकेको डा। झाले बताए । ‘त्यसैले पैसा र पहुँच भएकाहरू विदेशमा गएर रगत चढाउन थालेका छन्,’ उनले भने, ‘जुन रोग विन्डो पिरियडमा छ त्यो क्लिनिकली ९लक्षणका आधारमा० पहिचान हुँदैन । यहाँ रगतको न्युक्लिक एसिड ९एनएटी० परीक्षण गरिँदैन ।

यो दान गरिएको रगतको परीक्षण गर्ने मोलिक्युलर प्रविधि हो । यसले रगत चढाउँदा हुने संक्रमण ९ट्रान्सफ्युजन ट्रान्समिटेड इन्फेक्सन० को जोखिमलाई घटाउँछ । मुलुकमा अहिले यस किसिमले रगत जाँच भइरहेको छैन ।’

नेपाल थैलेसिमिया सोसाइटीका अध्यक्ष दुर्गा पाठकले थैलेसिमियाका कारण नियमित रगत लिनेमध्ये केहीमा हेपाटाइटिस बी र सी देखिएको बताए । रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक डा। मनिता राजकर्णिकारले रगतको जाँच गरिए पनि ‘विन्डो पिरियड’ले गर्दा कहिलेकाहीं एचआईभी, हेपाटाइटिस बी र सी देखिन सक्ने सम्भावना रहेको बताइन् । भारतमा पनि यस्ता समस्या देखिने गरिएको उल्लेख गर्दै उनले रगतको विश्वसनीयता बढाउन मोलिक्युलर परीक्षण गर्नेबारे सरकारसँग छलफल भइरहेको जनाइन् ।

केन्द्रीय रक्तसञ्चार सेवाका एक प्राविधिक भन्छन्, ‘हाम्रो रगतले कति जनालाई एचआईभी, हेपाटाइटिस बी र सी सारेको भए पनि यसबारे कोही बोल्दैन ।’ उनका अनुसार प्रसूति, शल्यक्रिया, चोटपटक दुर्घटना, नियमित रगत चढाउनुपर्ने रोगबाट प्रभावितमा चढाइएकै रगतका कारण अन्य रोगको संक्रमण भेटिएको छ । रगतजन्य संक्रमण सरे पनि प्रमाण र विस्तृत जाँच अभावमा कसैमाथि कारबाही नहुने उनले बताए ।

‘राजधानीका नाम चलेका निजी र सरकारी अस्पतालले त रगत लिँदारदिँदा दु्रत परीक्षणमा भर पर्छन् भने अन्य ठाउँको कुरै छोड्नुस्,’ ती प्राविधिकले भने, ‘एलाइजालगायत परीक्षण गर्ने समय नभएको र रकम अभाव भन्दै थप अत्याधुनिक परीक्षण गरिँदैन ।’

‘हामीकहाँ धेरैजसो रगतको परीक्षण र्‍यापिड डायग्नोस्टिक ९द्रुत परीक्षण० किटबाट गर्ने गरिन्छ, जसको विश्वसनीयता धेरै कम छ,’ सरकारको एकमात्र केन्द्रीयस्तरको नेपाल जनस्वास्थ्य प्रयोगशालाका प्रमुख कन्सलटेन्ट प्याथोलजिस्ट डा।रुना झाले भनिन्, ‘एउटा कम्पनीको किटबाट परीक्षण गर्दा एचआईभी पोजेटिभ र अर्को कम्पनीको किटबाट गर्दा नेगेटिभ निस्किएको मैले आफ्नै आँखाले देखेको छु । यसको विश्वसनीयतामा थप के भनुँ रु’

‘तर नेसनल गाइडलाइनमा समेत द्रुत परीक्षण किट प्रस्तावित गरिएको छ,’ उनले भनिन् । विश्व स्वास्थ्य संगठनले रगत संकलन र चढाउँदा गर्नुपर्ने परीक्षणसम्बन्धी निर्देशिकामा दु्रत परीक्षणमा भर नपर्न भनेको छ । आकस्मिक अवस्थामा द्रुत परीक्षणबाट रगत संक्रमण मुक्त देखिए पनि आवश्यक व्यक्तिलाई रगत चढाइसकेपछि समेत त्यसको इलायजा, क्लिया, इक्लिया लगायत परीक्षण गरेर थप स्पष्ट हुनु आवश्यक रहेको निर्देशिकामा उल्लेख छ ।

‘तर, हाम्रोमा सबैजसो ठाउँमा एचआईभी, हेपाटाइटिस बी र सी परीक्षणका लागि द्रुत परीक्षण किट नै उपयोग गरिन्छ,’ डा।झा भन्छिन्, ‘यस्ता किटमाथि पूर्ण विश्वास गर्न सकिन्न, यसलाई आकस्मिक अवस्थामा प्रयोग गरिए पनि यसैमा भर पर्नु हुँदैन ।’ -कान्तिपुर बाट

NH
Health News
प्रतिक्रिया दिनुहोस्