Logo
|
Friday 29th March 2024
Logo

epaper

तेस्रो अन्तर्राष्ट्रिय योग दिवस आज



 ‘योग गरौँ, निरोग बनौँ’ भन्ने नाराका साथ नेपालमा विभिन्न कार्यक्रमको आयोजना अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घले गत वर्षदेखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । यसअघि नेपालमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा एक सय ११ सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो । यस अवसरमा शिक्षा मन्त्रालय मातहतका सबै निकाय र विद्यालय तहसम्म भव्यताका साथ दिवस मनाउन र योग शिक्षा प्रवद्र्धन गराउने कार्य अघि बढेको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद्) ले नेपालमा हरेक वर्ष योग दिवस मनाउने भनी २०७३ जेठ २६ मा निर्णय गरेको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा संयुक्त राष्ट्र सङ्घको साधारणसभामा प्रस्ताव गरेपछि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको मान्यता दिइएको हो । मानिसको आहार विहार, जीवनशैलीमा आएको परिवर्तनले विश्वमा शारीरिक, मानसिक र सामाजिक जीवन तनावपूर्ण बन्दै गएको र त्यसबाट मुक्त हुन योगाभ्यास गर्नेको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्