Logo
|
Thursday 28th March 2024
Logo

epaper

१२ औं तहमा तीनजना डाक्टर बढुवा



आज बसेको मन्त्रीपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतका तीन जना डाक्टरलाई १२ औं तह (प्रमुख विशेषज्ञ) मा बढुवा गरेको छ ।बढुवा समितिले बढुवाका लागि पाँच जना डाक्टरको नाम सिफारिस गरेपनि बैठकले तीन जना डाक्टरलाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा हुनेमा  वीर अस्पतालमा कार्यरत डा दिनेश श्रेष्ठ, प्रसूति गृहमा कार्यरत डा पुष्पा चौधरी  र कान्ती बाल अस्पतालमा कार्यरत डा विनोदमान श्रेष्ठ रहेका छन्। यस अघि बढुवा समितिले पाँच जना डाक्टरको नाम सिफारिस गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्