Logo
|
Thursday 25th April 2024
Logo

epaper

कलेजो प्रत्यारोपण सहज बन्दै



नेपालमा कलेजोको समस्या दिन प्रतिदिन बढिरहेको छ । नेपाल र भारतमा मृत्यु हुने २० प्रमुख कारणहरु मध्ये नवौं स्थानमा रहेको एक कारण कलेजो (लिभर) को समस्या हो । चिकित्सा विज्ञानमा भएको नविनतम उपचार प्रविधिले केही हदसम्म समस्या समाधान गर्न सजिलो भएको छ । मोटोपन, मधुमेह, अनुचित आहार र अस्वस्थ्यकर जीवनशैलीका कारण कलेजोमा बोसो जम्मा हुन्छ र कलेजो बिग्रने गरेको पाइन्छ । कलेजोको समस्या कुनै पनि उमेर समूहका व्यक्तिलाई हुनसक्छ । आमाशयको माथिल्लो भागमा चिरेर बिग्रेको कलेजो हटाइन्छ र त्यही नयाँ कलेजो प्रत्यारोपण गरिन्छ । साथै यसलाई रक्तनली र वाइल डक्टसँग जोड्न सकिन्छ । प्रत्यारोपणको उपचार गर्न झण्डै १२ घण्टाको समय लाग्नसक्छ । नेपालमा पनि कलेजो प्रत्यारोपण शुरु भएको छ ।

कलेजो प्रत्यारोपण कस्तो अवस्थामा गर्ने ?

  •  अल्कोलिक सिरोसिस
  •  हेपाटाइटिस बी र सी संक्रमणले लिभर कडापन
  •  जन्मजात कलेजो र वाइल डक्ट विकृति
  •  एक्युट लिभर फेलियर

कस्तो व्यक्ति कलेजो दाता हुनसक्छ ?

  • जीवनसाथी ÷नातागोता
  • पूर्ण स्वस्थ भएको व्यक्ति
  •  १८ वर्षभन्दा माथि र ५५ वर्षभन्दा कम उमेरको व्यक्ति
  •  शरीरको बडी मास इन्डेक्स (बिएमआई) सामान्य
  •  मोटो नभएको व्यक्ति

कलेजो दाता हुनका लागि

  •  हेपाटाइटिस बी, हेपाटाइटिस सी र एचआईभी संक्रमण नभएको
  • अत्यधिक जाँडरक्सी सेवन नगर्ने
  •  लागुपदार्थ सेवन नगर्ने
  • मानसिक स्वास्थ्य नबिग्रिएको
  •  पुख्र्यौली क्यान्सर नभएको
    सफलता प्रतिशत
    जिवित व्यक्तिको शरीरबाट कलेजोको एक टुक्रा काटेर पीडित व्यक्तिको शरीरमा कलेजो प्रत्यारोपण गर्न सम्भव छ । कलेजो प्रत्यारोपणका लागि कलेजोको आकारको आधारमा दायाँ भाग (करिब ३५–४०%) र बायाँ भाग ६०–६५ %) निकालिन्छ । प्रत्यारोपण गरिएको कलेजो पलाएर ६–८ हप्तामा आफै मौलिक अकारमा आउँछ । डोनरको मृत्यु आशंका ०.२–०.५% सम्म हुनसक्छ ।
    (डा. नेगी कलेज अफ मेडिकल साइन्सेज, भरतपुरको भिजिटिङ प्रोफेर र बिएलके सुपर स्पेशियालिटी अस्पताल, नयाँ दिल्लीका सर्जन हुन् ।)

प्रतिक्रिया दिनुहोस्