Logo
|
Thursday 28th March 2024
Logo

epaper

पनौतिमा धेरै मुटुरोगीः केन न्युरो सेन्टर



 काठमाडौंको नयाँ बानेश्वरस्थित किड्नी इण्डोक्राइन एण्ड न्युरो  सेन्टर (केन  सेन्टर) ले काभ्रेको पनौतिमा  र काठमाडौँ कमलपोखरीमा परिक्षण सिविर आयोजना गरेको थियो । उक्त सिविरमा मुटु, थाइराइड ,मधुमेह र मिर्गौलाको परिक्षणमा  धेरै मुटुका बिरामी भेटिएका छन् । करिब १८० जना बिरामीमध्ये ४३ जना मुटुका बिरामी भेटिएका हुन् । त्यसैगरी ३० जनामा थाइराइड,१५ जनामा मधुमेह र ४ जनामा मिर्गौलाको समस्या देखिएका सेन्टरका प्रबन्ध निर्देशक दिनेश कक्षपतिले जनस्वास्थ्य सरोकारलाई बताउनुभयो । हाल बिरामीको   केन न्युरो सेन्टरमा उपचार भइरहेको छ । कक्षपति भन्नुहुन्छ—‘खानपान, जीवनशैली र आफ्नो स्वास्थ्यको ख्याल नगर्दा यस किसिमको समस्या भेटियो । त्यसैले यसप्रति सजग र सचेत रहन जरुरी छ’ ।

प्रतिक्रिया दिनुहोस्