Logo
|
Thursday 25th April 2024
Logo

epaper

छटपटाएकी सुत्केरीको उद्धार



बाजुराको पाण्डवगुफा गाँउपालिकाबाट सुत्केरी हुन नसकी छटपटाएकी एकजना महिलालाई जिल्ला स्वास्थ्य कार्यालय बाजुराले उद्धार गरेको छ । गाँउपालिका ४ बस्ने ४० बर्षीय फुलटुका ढोलीलाई गोत्रिबाट नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी गराउनुभयो ।
फुलटुकालाई बिहीबार सुत्केरी ब्यथा लागेको थियो । ब्यथा लागेको पछिल्लो दिन शुक्रबार गोत्रिमा रहेको स्वास्थ्य चौकीमा आफन्तले पु¥याएका थिए । ब्यथा लागेको तीन दिन सम्म पनि बच्चा पाउन नसकेपछि उनलाई सिम्रीक एयरको हेलिकप्टरबाट उद्धार गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयकी परिवार नियोजन सुपरभाईजर दुर्गा बजगाईँले भन्नुभयो— ‘उनको अबस्था जोखिम बनेपछि स्वास्थ्य बिभाग र क्षेत्रीय स्वास्थ्य निर्देशनालयको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराले उद्धार गरेको हो । ति महिलाले पाठेघर खुलेको भएपनि बच्चा पाउन सकेकी थिइनन् ।
हेलिकप्टर ४ लाख ५० हजारमा चार्टर गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुरा र क्षेत्रीय स्वास्थ्य निर्देशनालायको पहलमा परिवार स्वास्थ्य महाशाखाले पैसा भुक्तानी गर्ने सुपरभाइजर बजगाईले बताउनुभयो ।

सुत्केरीलाई भेरी अञ्चल अस्पतालमा पु¥याई मेसिनमार्फत बच्चा सकुशल निकालेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो । बच्चाको अवस्था भने जटिल रहेको जनाइएको छ ।
उनकी पति जयलाल ढोलीका अनुसार, फुलटुका ढोलीकाले यो भन्दा पहिला पाँच वटा बच्चा जन्माएकी थिइन् । तर तीन वटा बच्चाको मृत्यु भएको थियो । गोत्रि सदरमुकाम मार्तडीबाट दुई तिन दिनको दुरीमा रहेको विकट गाउँ हो ।

प्रतिक्रिया दिनुहोस्