Logo
|
Thursday 28th March 2024
Logo

epaper

पखालाबाट एकको मृत्यु, १५ जना सिकिस्त



सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित सीतापुरप्रधमा विगत एक सातादेखि फैलिएको पखालाबाट एकको मृत्यु भएको छ भने १५ जना सिकिस्त बिरामी परेका छन् । पखालाबाट लक्ष्मीपुर पतारी गाउँपालिकाको सीतापुरप्रध निवासी ७० वर्षीय मागेन यादवको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

पखालाबाट सिकिस्त भएका स्थानीय ३० वर्षीया मलुकी देवी, १९ वर्षीया नितुकुमारी यादव, १० वर्षीया सन्तोषीकुमारी यादव, ३४ वर्षीय कुमारीदेवी तिवारी, ३६ वर्षीया घुस्कीदेवी सदाय, लखन यादव, किशोरी राय र २ वर्षीय छोरी सिवानी रायको चिकित्सकको निगरानीमा उपचार भइरहेको र उहाँहरुको अवस्था सामान्य रहेको प्रमुख डा चुमनलाल दासले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्