Logo
|
Thursday 25th April 2024
Logo

epaper

शिशु प्रदर्शनीमा कस्ले मार्ला बाजी ?



काठमाडौंस्थित परोपकार प्रशुति तथा स्त्री रोग अस्पताले आगामी साउन २० गते शिशु प्रदर्शनी गर्दैछ । हरेक वर्ष झैँ गरिने यो ५५ औं शिशु प्रदर्शनी हो ।प्रसूति गृहमा जन्मेका एक वर्षसम्मका शिशुलाई प्रदर्शनीमा सहभागी गराइने छ । अस्पतालका नायब सुब्वा तथा शिशु प्रदर्शनीका संयोजक राजु वैष्णवले भन्नुभयो—‘आफ्ना शिशुलाई प्रदर्शनीमा सहभागी गराउन चाहने अभिभावकले गर्भावस्थामा जाँच गराएको कार्ड (एन्टिनेटर कार्ड), शिशुको जन्म प्रमाणपत्र, खोप कार्ड र तस्बिरसहित अस्पतालमा दरखास्त दिनुपर्छ । सक्ने बताउनुभयो । यसका लागि असार १३ देखि साउन १२ गतेसम्म दरखास्त दिन सकिन्छ ।

जन्मेदेखि ४५ दिनसम्म, ४६ दिनदेखि ६ महिनासम्म र छ महिना एक दिनदेखि एक वर्षसम्म गरी छुट्टाछुट्टै तीन उमेर समूहका शिशुलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार दिइने छ । बालविशेषज्ञ चिकित्सकसहितको टोलीले शिशुको अवस्था, तौल, खानपानलगायत आमासँग परिवार नियोजन साधन र बच्चाको स्याहार गर्ने तरिकाबारे जानकारी लिएपछि उत्कृष्ट शिशु घोषणा गरिने छ ।

प्रतिक्रिया दिनुहोस्