Logo
|
Saturday 21st September 2019
NEWS PAPER

सरकारको साथ र सहयोग भएमा स्वदेशमा उत्पादन गर्न सकिन्छ  बाथ रोगका जनशक्ति 



चिकित्सकहरु नगन्य छन् । दुर्गम ठाउँमा उपचारको पहुँच पुग्न सकेको छैन । फेलोसिप कोर्षका लागि भारत लगायत तेस्रो मुलुकमा जानुपर्ने बाद्यता छ । बाथको औषधिले असर गर्न सक्ने भएकाले चिकित्सकको सल्लाहबमोजिम वर्षमा एक वा दुईपटक कलेजो, मिर्गौलालगायतका अंगको परीक्षण गर्न अनिवार्य हुन्छ ।

चार वर्षको अवधिमा कतिलाई सेवा दिन सफल हुनुभयो ?
सेन्टर स्थापनाको चार वर्षमा करिब ७५ हजार भन्दा बढी बाथरोगीले उपचार सेवा प्राप्त गर्नुभएको छ । देशभर शाखा विस्तार गरिरहेका छौं । अहिलेसम्म भक्तपुरको टेखापुखु, ललितपुरको जावलाखेल र पोखराको मुस्ताङ चोकमा सेवा पु¥याएका छौं । देशका विभिन्न भागमा वाथ रोग शिविर सञ्चालन गरेर धेरैलाई लाभान्वित गराएका छौं । मुलुकमा भएका करिब ३० लाख भन्दा बढी बाथरोगीमध्ये २.५ प्रतिशतलाई सेवा दिन सफल भएका छौं । देशमा बाथरोगको उपचारबाट बञ्चित धेरै जनसंख्यासमक्ष कसरी सेवा विस्तार गर्ने र सेवाको गुणस्तरलाई माथिल्लो तहमा कसरी पु¥याउने भन्ने गृहकार्यमा जुटेका छौं । अमेरिकन, युरोपियन जस्ता विकसित मुलुकहरुको गुणस्तरसँग म्याच गर्ने कम्पिटेन्सी क्षमता विकास गर्ने र सेवाको पहुँचलाई सुगम र दुर्गम दुवै ठाउँमा पु¥याउने अभियानमा जुटेका छौं ।

कस्तो अवस्था भएमा मुलुकभर बाथरोग उपचारको पहुँच पुग्न सक्छ ? 
जोर्नीहरु दुख्ने बाथरोगका लक्षण भएपनि दुखाई कम गर्नु मात्र बाथरोगको उपचार होइन । शरीरको एन्टिबडिजको सक्रियताले शरीरमा नै हानी हुने मुख्य कारक तत्वलाई नियन्त्रण गर्नु बाथरोगको उपचार हो । नेपालमा तालिमप्राप्त जनशक्तिको धेरै अभाव छ । चिकित्सकहरु नगन्य छन् । दुर्गम ठाउँमा उपचारको पहुँच पुग्न सकेको छैन । फेलोसिप कोर्षका लागि भारत लगायत तेस्रो मुलुकमा जानुपर्ने बाद्यता छ । सरकारले बाथरोगमा फेलोसिप गर्ने वातावरण बनाएमा दक्ष जनशक्ति स्वदेशमा उत्पादन गर्न सकिन्छ । हरेक टोल र समुदायमा बाथरोगबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता अनुसार काम गरिरहेका छौं । यसबाट जनचेतनाको स्तर अभिवृद्धिमा मद्धत पुगेको छ ।

बाथरोगको बीचमा औषधि किन छोड्न हुँदैन ? आम पाठकले बुझ्नुपर्ने कुरा के छ ?
बाथ नसर्ने र शरीरको रोग प्रतिरोधक शक्तिले आफ्नै कोषिकाहरुलाई असर गर्ने भएकाले केही दिनको औषधि सेवनपछि बिरामीलाई पीडा कम हुन्छ र समस्या समाधान भएको महसुस गरेर बीचमा औषधि छाड्ने गरेको पाइन्छ । तर यसो गर्न हुँदैन । यसबाट रोग पुनःबल्झिने र थप जटिलता आउनसक्ने सम्भावना रहन्छ । बाथरोगको उपचार ग्रुप प्राक्टिस हो । यसमा ल्याब, डाक्टर, फिजियोथेरापिष्ट, डायटिसियन, मोटोपन व्यवस्थापन, फार्मेसिस्टको भूमिका महत्वपूर्ण हुन्छ । बाथ निको भएपछि पीडा आफैं कम हुन्छ । बाथको औषधिले असर गर्न सक्ने भएकाले चिकित्सकको सल्लाहबमोजिम वर्षमा एक वा दुईपटक कलेजो, मिर्गौलालगायतका अंगको परीक्षण गर्न अनिवार्य हुन्छ ।
सन् नब्बेको दशकमा बाथरोगको उपचार जोर्नी दुखाइको पीडा कम गर्ने मात्र थियो । त्यसपछि बीसको दशको शुरुवात्तिर डिजिज मोडिफाइङ ड्रग्सहरु आए । जसलाई डिएमआर ड्रग्स भनिन्छ । सन् १९९८ तिर बायोलोजिकल ड्रग्सको आविष्कार भएपछि बाथ नियन्त्रणमा अझ प्रभावकारी भूमिका खेल्न थालेको देखिन्छ ।

बाथ रोगमा एजुकेशनको महत्व कति हुन्छ ?
बाथको कारक तत्व अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तर बाथ पहिचान भएपछि परामर्श लिन जरुरी हुन्छ । आवश्यक विधि नछोडी उपचार गर्नुपर्छ । साथै सही तरिकाले औषधि सेवन गर्नुपर्छ । दुखाई कम भएको ठानेर बीचमा औषधि छाड्न हुँदैन । यसले अंगभंग हुने डर हुन्छ र फेरि शुरुको अवस्थादेखि नै उपचार शुरु गर्नुपर्छ । शारीरिक र आर्थिक नोक्सानी पनि व्यहोर्नुपर्छ ।

विपन्न वर्गसम्म बाथको उपचार सेवा पु¥याउन के गर्नुपर्ला ?
विपन्न नागरिकको आर्थिक हैसियत कमजोर हुने भएकाले पब्लिक प्राइभेट पार्टनरसिपमा भौतिक पूर्वाधार निर्माणका लागि सरकारले सहयोग गरेमा नाफा घाटा नहेरी सामुदायिक ¥युम्याटोलोजी सेवा सञ्चालन गर्न तयार छौं ।

देशव्यापी रुपमा कसरी बाथरोगको अनुसन्धान शुरु गर्दै हुनुहुन्छ ?
हामीले देशव्यापी रुपमा नट ‘कोड स्टडी’ शुरु गरेका छौं । यो अध्ययन विश्व स्वास्थ्य संगठनको मोडालिटी हो । विगत ४ वर्षदेखि अमेरिकन कलेज अफ ¥युम्याटोलोजीको कुल जनसंख्यामा १० प्रतिशतलाई बाथरोग हुनसक्ने तथ्यांक प्रयोग भइरहेको छ । हाम्रो आफ्नो मौलिकता, जैविकता, पीडित र प्रभावित पत्ता लगाउन यो अध्ययन शुरु गरिएको हो । हामीले डा. विभुति उप्रेति र पब्लिक हेल्थमा ब्याच्लर गर्नुकएकी रक्षा जोशीलाई रिसर्चको जिम्मा दिएका छौं । हिमाल, पहाड, तराईका समुदायमा गरिने यो एक वर्षे योजना हो ।

NH
Health News
प्रतिक्रिया दिनुहोस्