Logo
|
Tuesday 16th April 2024
Logo

epaper

सरकारी अस्पतालमा शौचालयको यस्तो दुर्दशा



‘गेटबाटभित्र पस्ने बित्तिकै कडा खालको दुर्गन्धले नाकै बन्द होलाजस्तो हुन्छ । चर्पीको वरिपरि रहेको फोहोर त झन् घिनलाग्दो छ,’ धापासीकी अनिता थापा संवाददातासँग भन्दै थिइन, ‘पहिला–पहिला आउँदा शौचालयमा न पानी हुन्थ्यो, न त ढोकामा चुक्कुल नै ।’ आफन्तको उपचार गर्न देशकै केन्द्रीय अस्पतालमध्येको एक थापाथलीस्थित प्रसुतीगृह ९परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल० पुगेकी थापाको शौचालयको दुरावस्थाबारेको गुनासो हो, यो । ४ असारमा अन्नपूर्ण टुडे टिम अस्पतालमा शौैचालयको अवस्था निगरानी गर्न मुलद्वारमा पुग्दा सुरक्षागार्ड बसेको नजिकै बायाँतर्फको शौचालयबाट दुर्गन्ध आइरहेको थियो ।
जहाँ अस्थायी संरचनामा जस्तो कमसल सामग्रीको प्रयोग गरी शौचालय बनाइएको थियो । शौचालय वरिपरिको फोहरमा झिँगा भन्केका थिए । नाक थुनेर कुरुवाहरू शौचालय प्रयोग गर्दै, फर्किँदै थिए । एक जना पुरुष शौचालयबाट निस्कने क्रममा चिप्लिएर लड्न खोज्दा नजिकै रहेका अर्का एक जनाले हात दिएर उनलाई समातेका थिए । अस्पतालमा कुरुवा र बिरामीका आफन्तले यही शौचालय प्रयोग गर्नुपर्छ । प्रसुती गृहभित्रका अन्य शौचालयहरू त सफा नै छन् । जुन बिरामीले मात्र प्रयोग गर्न पाउँछन् ।
सफाइमा संलग्न एक कर्मचारीले भने, ‘माथिका शौचालय सफा छन् । तर, तलका बिरामी माथि जान नसक्ने हुनाले यहीँ चर्पी प्रयोग गर्नुपर्छ ।’ थापाथली क्षेत्रमा सार्वजनिक शौचालयको अभावमा वटुवाले पनि अस्पताल परिसरकै शौचालय प्रयोग गरिरहेका छन् । अस्पतालले कुरुवा र बटुवा छुट्टयाउन नसक्दा शौचालयमा फोहर बढेको छ । बढ्दो प्रयोगकर्ताको लापरवाहीले शौचालय फोहर भएको छ । प्रशासनलाई फोहर व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । अस्पताल प्रशासनले भने ०७२ को महाभूकम्पले पुराना शौचालयमा क्षति पुग्दा स्थान अभावका कारण साँघुरो ठाउँमा अस्थायी संरचनाबाट काम चलाएको दाबी गरेको छ । ‘हामीले शौचालय सफा गर्ने हरप्रयास गरेका छौँ ।

सकिरहेका छैनौँ । बिरामीले जानाजान फोहोर बढाउने काम गरेका छन्,’ अस्पतालका निर्देशक अमीरबाबु श्रेष्ठले जिम्मेवारीबाट पन्छिन खोज्दै भने, ‘अस्पतालले शौचालय सफा गर्ने काम ठेक्कामा दिइएको छ । जति बढी फोहर भयो, उति धेरै पैसा माग्छन् । सफाइका कर्मचारीलाई पनि भ्याइनभ्याई छ । तर, पनि उनीहरू लापरवाही गरिरहेका छन् ।’ अस्पतालमा पानी पर्याप्त हुँदाहुँदै पनि किन सरसफाइमा ध्यान नदिएको भन्ने प्रश्नमा उनी विगतको तुलनामा धेरै सुधार आएको दाबी गर्छन् ।
‘पहिला त झन् हेर्ने नसकिने अवस्था थियो । अहिले त धेरै सुधार गरिसकेका छौँ,’ उनले तर्क गरे, ‘ठाउँको अभावका कारण यस्तो हुन गएको हो । स्वास्थ्य मन्त्रालयदेखि अन्य जुनसुकै अस्पताल जानुस् योभन्दा धेरै सफा शौचालय भएको अस्पताल पाउनुहुन्न ।’ शौचालयमा नियमित पानी नहुनु, पर्याप्त चर्पीको अभाव हुनु, दुर्गन्ध आउनु सरकारी अस्पतालका साझा समस्या हुन् ।
वीरमा झन् दुर्गति
देशको सबैभन्दा ठूलो र पुरानो राजधानीको अर्को केन्द्रीय अस्पताल वीरमा शौचालयका समस्या पनि उस्तै ठूला छन् । अन्नपूर्ण टुडे असारको पहिलो साता अस्पताल परिसर पुग्दा भित्ताभरि फोहोर दलिएको, फुटेका धारा र पाइपका टुक्राहरू जताततै छरिएका भेटिएका थिए । शौचालयमा पानीको अभावमा प्यानभरि दिसा छरपस्ट थियो । अस्पतालको भुइँतलामा बिरामीसमेत नाक मुख थुनेर शौचालय प्रयोग गर्न लाइन लागेका थिए । शौचालय प्रयोगमा हानाथाप जस्तो थियो ।
राजधानीमै रहेका केन्द्रीय अस्पतालका शौचालयको विजोग छ।
शौचालयको ढोकाअगाडि हिलैहिलो र लेउ लागेको थियो । पुराना ढोकामा प्वाल परेका थिए । पानीको अभावमा दुर्गन्ध परपरसम्म फैलिएको थियो । अस्पतालका सबै तलामा निरीक्षण गर्दा हरेक तीन वटामध्ये एउटा बन्द अवस्थामा रहेको र चर्पीमा प्रायः पानीको अभाव भेटिएको थियो । छोराको उपचार गर्न अस्पताल पुगेकी सर्लाही ईश्वरपुरका विष्णु माझी शौचालयमा पानी नभएकोमा अस्पताल प्रशासनलाई गाली मुरमुर्र्रिदै गरेको भेटिए । कारण, माथिल्लो तलामा छोराले चर्पी प्रयोग गरेर धारा खोल्दा पानी आएन ।
उनले त शौचालयमा पानी नभएको रिस पोख्दै भने, ‘यत्तिको ठूलो अस्पताल छ, पानी भने कहीँ छैन, दिसापिसाब गरेपछि पानी खोज्न कहाँ जानु अब रु’ वीर अस्पतालका निर्देशक भूपेन्द्र बस्नेत पनि सफाइमा भएको कमजोरी स्वीकार्न छोडेर, फोहर बढ्नुको दोष बिरामी र कुरुवामाथि थोपर्छन् । भन्छन्, ‘चर्पी प्रयोग गर्नेले पनि संयमता अपनाउनुपर्छ ।’
अस्पतालले टिकट काउन्टरको भित्तामा अस्पतालका सम्पूर्ण गतिविधिबारे ‘भिडियो डिस्प्ले’ राखेको छ । जहाँ शौचालय प्रयोगबारे सिकाइएको छ । टिकट काट्न लाइनै लाग्नुपर्ने भएकाले हरेक टिकट काट्ने जानेले यो भिडियो हेरेकै हुन्छन् । तर, अस्पतालले भिडियोमार्फत् जनचेतना जगाउन खोजेको कुरा बिरामी र कुरुवाले व्यवहारमा उर्तान सकेका छैनन् ।
निर्देशक बस्नेत तर्र्क गर्छन्, ‘पुरानो अस्पताल हो । ढुंगाले बनेका ठाउँ घोटेर भनेजतिको सफा गर्न सकिँदैन । हामीले सुधारको प्रयास गरेका छौँ ।’ वीर अस्पतालका शौचालय लागूऔषध दुव्यर्सनमा लागेका हरूले प्रयोग गरेको भन्दै केही समय त चुक्कुल हटाइएको थियो । उनीहरूले चर्पीभित्र पसी चुक्कुल लगाउने र धेरैबेरसम्म भित्रै बस्ने भएकाले चुक्कुल हटाउन परेको थियो ।

वीरमा पनि बिरामी र कुरुवा मात्र होइन, बटुवाले पनि शौचालय प्रयोग गर्छन् । रत्नपार्क आसपासमा पर्याप्त शौचालय अभावका कारण र भएका शौचालयमा शुल्क तिनुपर्ने भएकाले निःशुल्क शौचालयको रूपमा अस्पताल प्रयोग भइरहेको छ । अस्पतालमा दैनिक करिब दुई हजार बिरामी उपचार गर्न आउँछन् । यी बिरामीकै लागि अस्पतालका शौचालय नै पर्याप्त होइनन् । त्यसमा बटुवाको भार अस्पतालका लागि थेगिनसक्नु हुन्छ । वीर अस्पतालले व्यवस्थापन गरिरहेको राष्ट्रिय ट्रमा सेन्टरमा भने शौचालयको व्यवस्था राम्रो छ । कुरुवा र बिरामी पनि सन्तुष्ट छन् । कुरुवा महिला निर्मला परियार ९३८० भन्छिन्, ‘ट्रमा आनन्द छ । पानी पनि छ । सफा पनि उस्तै छ । यहाँ गन्हाउँदैन ।’
सफा शौचालय तर शुल्क
राजधानीको अर्को ललितपुर महानगरको केन्द्रीय अस्पताल पाटनका शौचालय भने सफा छन् । अस्पतालमा दुईथरी शौचालय छन् । अस्पतालभित्रका सबै शौचालय सफा नै छन् । अस्पतालको मूलद्वारनजिकै अस्पताल परिसरमा फूल र हरियाली लहराले घेरिएको जस्तापाताको छानामुनि शौचालय सञ्चालन गरिएको छ । जहाँ शौचालय प्रयोग गरेवापत पाँच रुपैयाँसम्म तिर्नुपर्छ ।
बुधबार र शनिबार ओपीडी बन्द हुने भएकाले यो शौचालय पनि बन्द हुन्छ । राजधानीकै वीरलगायत अस्पतालहरूले पनि केही वर्षअघि अस्पताल परिसरका शौचालय शुल्क लिने गरेका थिए । व्यापक आलोचना भएपछि शुल्क लिने व्यवस्था हटेको थियो । सरकारले शौचालय प्रयोग गर्दा साबुनपानीले हात धुनुपर्ने जनचेतनामूलक लोककल्याणकारी विज्ञापन प्रकाशन÷प्रसारण गर्छ । तर, राजधानीकै केन्द्रीय अस्पतालका शौचालयमा साबुन त परैको कुरा पानीकै अभाव छ ।-अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्