Logo
|
Saturday 20th April 2024
Logo

epaper

स्वास्थ्य बीमाप्रति आकर्षण बढ्यो



रम्भा गाउँपालिका–२ को फोक्सिङकोटमा स्वास्थ्य बीमा गराउनेको आकर्षण बढ्दो छ ।केही समय अघिसम्म स्वास्थ्य बीमासम्बन्धी यहाँका बासिन्दाले त्यति चासो दिएका थिएनन् । गाउँकै मीनकुमारी पाँडे मगरले रु ३९ हजार बराबरको औषधि उपचार निःशुल्क पाएपछि यहाँका स्थानीयवासी धमाधम स्वास्थ्य बीमा गराउन थालेका छन् ।

फोक्सिङकोटका ७० घरपरिवारका १४५ जनाले अहिले स्वास्थ्य बीमा गराइसकेका स्थानीय एवत सारुले बताउनुभयो । अहिले स्वास्थ्य बीमा गर्नेको लहर बढेको छ ।

फलफूलको बिरुवा वितरण

जिल्ला कृषि विकास कार्यालयले अनुदानमा कृषकलाई फलफूलका बिरुवा वितरण गरेको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा कागती, जुनार, सुन्तला, लिची, आँप र कटहरका बिरुवा वितरण गरेको हो ।

एकसय हेक्टर क्षेत्रफलका लागि ३५ हजार लिचीका बिरुवा र ४० हेक्टर क्षेत्रफलका लागि कटहरका छ हजार बिरुवा वितरण गरिएको बागवानी विकास अधिकृत निशा कँडेलले जानकारी दिनुभयो । कृषकको मागका आधारमा जिल्लामा तीन हजार आँपका बिरुवासमेत उपलब्ध गराएको छ । कृषि सेवा केन्द्र र सम्पर्क केन्द्रमार्फत फलफूलका बिरुवा वितरण गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्