Logo
|
Thursday 19th September 2019
NEWS PAPER

बाढीपीडितलाई राहत र औषधि वितरण  



 

निरन्तरको वर्षाले सप्तरीमा पसेको बाढीबाट समस्यामा परेका रुपनी गाउँपालिका–२ रायपुरका बासिन्दालाई राहत वितरण गरिएको छ ।

विवेकशील नेपाली सुनसरीको सहयोग र सप्तरी युथ नेपालको समन्वयमा यहाँका करिब ६० परिवार बाढीपीडितलाई राहत वितरण गरिएको सप्तरी युथ नेपालले जनाएको छ ।

उनीहरुलाई च्यूरा, भुजा, चाउचाउ, बिस्कुट, खानेपानी र लत्ताकपडालगायतका राहत वितरण गरिएको बताइएको छ ।

यसैबीच रुघाखोकी, ज्वरो, झाडापखालाबाट बच्नका लागि बाढीपीडितलाई नेपाल मेडिकल सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन धरानले औषधिसमेत वितरण गरेका छन् । रासस

NH
Health News
प्रतिक्रिया दिनुहोस्