Logo
|
Friday 29th March 2024
Logo

epaper

महिलाको पेटबाट झिकियो ३५ किलोको ट्युमर



त्रिवि शिक्षण अस्पताल महाराजगन्जको चिकित्सक टोलीले एक महिलाको पेटमा रहेको ३५ किलोको ट्युमर झिकेर बिरामीलाई बचाएको छ । ट्युमरका कारण जोखिममा परेकी रामेछाप गोठगाउँकी ४२ वर्षीया दिलमाया सार्कीको शल्यक्रिया गरी ट्युमर निकालिएको हो ।
जीवित महिलाको पेटबाट ३५ किलोको ट्युमर झिकिएको सम्भवतः विश्वमै पहिलोपटक भएको चिकित्सकको दाबी छ । दुई साताअघि अस्पतालका सर्जन डा।विकल्प घिमिरे नेतृत्वको २४ जना चिकित्सकको टोलीले ६ घन्टा लगाएर ट्युमर झिकेको थियो । दिलमाया स्वस्थ हुँदै गएपछि अस्पतालले शुक्रबार त्यसबारे पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
ट्युमरका कारण असहज जीवन बिताउँदै आउनुभएकी दिलमाया आफन्तको सहयोगमा असार २ गते अस्पतालमा जाँचका लागि पुग्नुभएको थियो । जाँचका क्रममा उहाँको पेटमा ठूलो ट्युमर देखिएपछि चिकित्सकले शल्यक्रियाका लागि छलफल र परामर्श गरेका थिए । अस्पतालको स्त्री तथा प्रसूति रोग विभागकी पूर्वप्रमुख डा। आश्मा रानाले पाठेघर छेउछाउको तन्तुबाट पलाएको ट्युमरको सफल शल्यक्रिया भएको नेपालमा पहिलोपटक भएको र विश्वमै पनि सम्भवतः पहिलो हुन सक्ने बताउनुभयो ।
आर्थिक अवस्थाले कमजोर दिलमायाको अस्पतालले निःशुल्क उपचार गरेको हो । दिलमायाले शल्यक्रियापछि नयाँ जीवन प्राप्त गरेको भन्दै शल्यक्रियामा संलग्न सम्पूर्ण चिकित्सक र अस्पताललाई आभार व्यक्त गर्नुभएको छ । उहाँका अनुसार करिब सात वर्षदेखि पेट दुख्ने, फुल्ने, दिसापिसाब गर्न गाह्रो हुने, असहज हुने, हिँडडुल गर्न गाह्रो हुने लगायत समस्या बढेको थियो । पेटबाट ट्युमर हटेपछि आफूलाई सहज भएको दिलमायाले बताउनुभयो । अन्नपूर्णपोस्टबाट

प्रतिक्रिया दिनुहोस्