Logo
|
Thursday 19th September 2019
NEWS PAPER

बाटो मर्मत नहुँदा अस्पताल आउने विरामीलाई सास्ती



बाटो मर्मत हुन नसक्दा बिरामीलाई बोकेर आउने एम्बुलेन्ससमेत जिल्ला अस्पतालमा आउन सकेको छैन् ।विगत एक महिनादेखि भत्किएको उक्त बाटोे मर्मत हुन नसक्दा उपचारका लागि जिल्ला अस्पताल आउने बिरामीलाई करिब चार सय मिटर टाढा नै ओर्लिएर हिड्नुपर्ने बाध्यता रहेको छ । उपचारका लागि आउने बिरामी, औषधि र अन्य सामग्रीलाई मानिसले बोकेर अस्पताल परिसरसम्म ल्याउँदा चर्को मूल्य तिर्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका सुब्बा लमबहादुर खड्काले बताउनुभयो । तीन वर्षअघि खलङ्गा रिम्ना सडकअन्र्तगत पर्ने उक्त सडकसँग जोडेर बैकल्पिक बाटो निर्माण गरे पनि अहिले त्यो पनि सञ्चालनमा आउन सकेको छैन् । अहिले दैनिक बिरामी बोकेर अस्पताल ल्याउने गरिँदै आएको छ । रासस

NH
Health News
प्रतिक्रिया दिनुहोस्