Logo
|
Saturday 30th March 2024
Logo

epaper

स्वास्थ्य चौकी भवन निर्माण अलपत्र



दोलखाका पाँच स्थानमा निर्माणाधीन स्वास्थ्य चौकीे भवन अलपत्र भएको छ ।

ठेकेदारले समयसीमामा भवन निर्माण नगर्दा र बनेका भवन पनि समयमै हस्तान्तरण नगर्दा अलपत्र परेको हो । दोलखामा रहेका विभिन्न स्वास्थ्य चौकीका भवन निर्माण व्यवसायीले निर्माण गरी बुझाउनुपर्ने समय सकिए पनि विभिन्न बहाना देखाउँदै अलपत्र अवस्थामा राखेका हुन् । भवन निर्माणको समय सकिए पनि व्यवसायीले भवन निर्माण अलपत्र बनाउँदा ग्रामीण भेगका जनता त्यसको मारमा परेका छन् ।

प्राविधिकले अनुमान गरेको भन्दा न्यून मूल्यका ठेक्का हाल्ने र पछि बहाना बनाएर ठेक्का छोड्ने प्रवृत्ति बनेकाले पनि ठेकेदारले भवन बनाउन नसकेको हुन सक्ने स्थानीयवासीको भनाइ छ ।

दोलखाको कालिञ्चोक गाउँपालिकामा रहेको कालिञ्चोक स्वास्थ्य चौकीे भवन पाँच वर्ष बित्दासमेत ठेकेदार कम्पनीले अझै पूरा गरेको छैन । विसं २०६९ मंसिरमा सम्पन्न गर्ने गरी कोशी एण्ड न्यौपाने बिएन जेबिले रु एक करोड दुई लाखमा सो भवनको ठेक्का लिएको थियो ।

हालसम्म भूकम्पको कारण देखाएर सो कम्पनीले भवन हस्तान्तरण छैन । त्यसैगरी गौरीशंकर गाउँपालिकामा रहेको जुँगु स्वास्थ्य चौकी पनि समय सकिएको दुई वर्ष भइसकेको छ ।

विसं २०७२ माघमा कबोल बमोजिम भवन हस्तान्तरण गर्नुपर्ने भए पनि हालसम्म सो कम्पनीले भवन हस्तान्तरण गरेको छैन । रु एक करोड ९५ लाखको लागतमा सम्पन्न गर्ने गरी सुवर्ण सुन्दर माई जेबीले सो भवन निर्माणको ठेक्का लिएको थियो ।  रासस

प्रतिक्रिया दिनुहोस्