Logo
|
Friday 29th March 2024
Logo

epaper

टिचिङमा कलेजो प्रत्यारोपण ! बिरामीलाई अत्याधुनिक हेलि सुविधा



काठमाडौंको महाराजगञ्जस्थित त्रि.बि.शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुने भएको छ । अस्पतालको ३५ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दिपक प्रकाश महराले भन्नुभयो—‘यसका लागि नेपाल सरकारबाट बजेट बिनियोजन भई आवश्यक पूर्वाधारहरु बनिसकेकाले यसैबर्षदेखि कलेजो प्रत्यारोपण गर्ने तयारीमा जुटेका छौं ।’
अस्पतालमा आकस्मिक सुरक्षा गार्ड बस्न बनाइएको भवन भक्ताएर हेलिप्याडसहितको अत्याधुनिक १० तले भवन निर्माण गर्न लागिएको छ । यो भवन भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङले निःशुल्क बनाइदिने भएका छन् । यसका लागि गुरुङ र अस्पतालबीच लिखित सम्झौता भइसकेको डा. महराले जानकारी गराउनुभयो ।
साथै जापान सरकारको सहयोगमा अस्पतालमा एमआरआई, सिटी, म्यामोग्राम, अल्ट्रासाउण्डलगायत शल्यक्रियाकक्षमा आवश्यक पर्ने करिब ७० करोड बराबरको जापानिज स्वास्थ्य सामाग्री आउने भएको छ । डा. महराले भन्नुभयो—‘जाइका मार्फत जापानको निजी कन्सल्टेन्सीले आवश्यक उपकरण खरीद गरिसकेको र केही महिनाभित्र अस्पतालमा उक्त सामाग्री आइपुग्ने जानकारी पाएका छौं ।’

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो—‘ शिक्षण अस्पताललाई आवश्यक सहयोग गर्न सरकार तयार छ ।’ उहाँले मेडिकल सेवामा व्यापारीककरण गर्न नहुने र जनतालाइ गुणस्तरीय सेवा पु¥याउन अस्पतालले सक्दो सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्