Logo
|
Friday 19th April 2024
Logo

epaper

दुवै मिर्गौलाले काम नगरेपछि सहयोगको याचना



दुवै मिर्गौलाले काम नगर्ने भएपछि खोटाङका एक मिर्गौलापीडितले सहयोगको याचना गरेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका डिल्लीराज राईले दुवै मिर्गौला काम नलाग्नेगरी बिग्रिएकाले प्रत्यारोपणका खर्च जुटाउन सहयोगको याचना गर्नुपरेको मिर्गौलापीडित डिल्लीराजका बुबा धनराज राईले बताउनुभयो । उनको डेढ महिनादेखि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

विसं २०५१ मा जन्मिएका डिल्लीराजको स्वास्थ्यमा समस्या आएपछि विभिन्न अस्पताल धाउने क्रममा उनको दुवै मिर्गौला फेल भएको पत्ता लागेको हो ।

मिर्गौलाको उपचार ज्यादै खर्चिलो भएकाले शुभेच्छुकसमक्ष सहयोगको हात फैलाउनुपरेको धनराजले बताए। बनिबुतो गरेर जीवन निर्वाह गरिरहेका राई परिवारसँग मिर्गौला प्रत्यारोपण गर्न सक्ने आर्थिक क्षमता छैन ।

सरकारले मिर्गौलाको उपचारमा छुट गरे पनि औषधोपचार, खाना, आवासका लागि खर्च जुटाउनुपरेका स्थानीय च्यास्मीटार माविका प्रअ दानकुमार राईले बताए । रासस

प्रतिक्रिया दिनुहोस्