Logo
|
Saturday 21st September 2019
NEWS PAPER

वातावरणीय परिवर्तनका कारण स्वास्थ्यले तिर्नुपर्ने मूल्य



photo :deepa kathayt

अन्तरराष्ट्रिय आलेख सेवा
(सौकत अजिज)

अक्सफोर्ड, पृथ्वीको तापक्रम वृद्धि तथा मानवका कारण वातावरणमा भएका अन्य परिवर्तनको प्रलयकारी सम्भावनाका विषयमा हालैका वर्षमा विश्वमा बढी चिन्ता गरिएको छ र यो कुरा सही हो । तर ध्यान नदिइएका सबैभन्दा गम्भीर जोखिममध्ये एक मानव स्वास्थ्यमा चुनौती हो ।

निश्चित हुनका लागि औद्योगीकरणपछि पृथ्वीको तापक्रम वृद्धिको यस ग्रहका लागि के अर्थ लाग्छ भन्ने चिन्ता यस ग्रहका लागि पूर्ण रूपमा उचित छ । विश्वका सबैभन्दा गरिब तुलनात्मक बढी पीडित छन् र यस ग्रहमा कार्बन डाइअक्साइड सबैभन्दा बढी उत्सर्जन गर्ने मुलुकमध्ये दोस्रो– अमेरिकाले आफ्नो जिम्मेवारी घटाइरहेको छ भन्दा धेरै व्यक्ति चिन्तत भएको कुरा बुझ्न सकिन्छ ।

यसो भए पनि मानवका कारण वातावरणमा भएका परिवर्तनबाट स्वास्थ्यमा परेको प्रभावका विषयमा कमै ध्यान दिइएको छ र आर्थिक फाइदाका लागि भविष्यको पुस्ताका जीवनको गुणस्तरलाई बन्धक बनाइएको छ । अफ्रिका, एसिया, अमेरिका तथा युरोपका उदाउँदा बजारमा यो प्रभाव अन्यभन्दा बढी देख्न सकिन्छ ।

द्रुत वृद्धि तथा बढ्दो आयका कारण पोषण, शिक्षा तथा सामाजिक गतिशीलतामा अभूतपूर्व रूपमा सुधार भएको छ । गत ३५ वर्षमा ब्राजिल, चीन, भारत, इन्डोनेसिया, मेक्सिको, रसिया, दक्षिण अफ्रिका तथा टर्की जस्ता मुलुकले मानव विकासमा असाधारण वृद्धि प्राप्त गरेका छन् ।

प्राकृतिक प्रणालीको स्थिरतालाई प्रायः कमै ध्यान दिई यी प्रगति प्राप्त गर्न खोजिएको छ । पृथ्वीमा स्वच्छ पानी स्रोतमध्ये करिब आधा दूषित हुनु, सन् २००० पछि १४ लाख बर्ग माइल ९२३ लाख बर्ग किलोमिटर० बन हराउनु, फोहरको व्यवस्थापन नहुनु, व्यापक रूपमा प्रजाति गुम्नु, बसोबास क्षेत्र नष्ट हुनु, अधिक मात्रामा माछा मार्नु जस्ता कामले हामी जोगिन आवश्यक स्रोत नष्ट भइरहेका छन् ।

मानिसले प्राकृतिक वातावरणमा नाटकीय रूपमा हामै्र क्षतिका लागि यस्तो परिवर्तन गरिरहेको छ कि वैज्ञानिकहरू हामी भौगर्भिक रूपमा नयाँ मानवकेन्द्रित ९एन्थ्रोपोसिन० युगमा प्रवेश गरेका छौँ भनि विश्वास गर्न लागेका छन् । यो युग सन् १९५० तिर आरम्भ भएको हो र यसलाई पृथ्वीमा अभूतपूर्व रूपमा प्रदूषित बनाउने प्रक्रियाको रूपमा लिइएको छ ।

अक्सफोर्ड विश्वविद्यालयको ग्रिन टेम्प्लटन कलेजमा हालै सम्पन्न ‘‘उदाउँदो बजार’’ विषयक गोष्ठीमा विशेष गरि विकासशील मुलुकमा यी परिवर्तनले मानव स्वास्थ्यमा गम्भीर प्रभाव पारेको निष्कर्ष निकालिएको थियो । विश्वले ब्यहोरेको करिब एक चौथाइ रोग मानवले वातावरण पारेको प्रभावका कारणसँग जोडिएको निष्कर्ष उक्त गोष्ठीमा निकालियो । वातावरणको कमजोर व्यवस्थापनका कारण उत्पन्न रोगको सबैभन्दा ठूलो जोखिममा पाँच वर्ष मूनिका बालबालिका परेका छन् ।

पृथ्वीको प्राकृतिक प्रणालीको मर्मत तथा यस ग्रहको सबैभन्दा जोखिममा परेका जनसङ्ख्याको स्वास्थ्यमा सुधार सम्भव छ । तर सफलताका लागि वातावरणीय, आर्थिक तथा सामाजिक नीतिमा व्यापक परिवर्तन आवश्यक छ ।

आधुनिक वातावरण विज्ञान आरम्भ हुनुअगाडि र आरम्भमै विकास भएका मुलुकले आफूलाई राम्रोसँग थाहा थिएन भन्न पाउँछन् । त्यस समयसम्म त वैज्ञानिकहरूले रेसाका कारण फोक्सोमा हुने क्यान्सरका विषयमा जानकारी दिएकै थिएनन् । अर्को उदाहरणको रूपमा ‘लिड पाइप’ बाट खानेपानी वितरणका कारण स्नायुमा पर्ने प्रभावलाई लिन सकिन्छ । यी समस्या समाधान गर्न नियम तथा कानुन पछि मात्र लागु भएका हुन् ।

तर आज मुलुकहरूले वैज्ञानिक अज्ञानता लुकाउन सक्दैनन् । विकासशील मुलुकले पनि वृद्धिको वातावरणीय प्रभावका विषयमा पूर्ण (वा कम्तीमा पनि आंशिक) ज्ञानसँग आर्थिक आकाँक्षाको लेखाजोखा गर्नैपर्छ । सबैतिरका नेताहरू प्रवृत्ति, जीवनशैली तथा विकासका रणनीतिमा परिवर्तनका विषयमा वकालत गर्न तयार हुनुपर्छ । उनीहरूले वातावरण तथा सार्वजनिक स्वास्थ्य रक्षा गर्ने विकासका लक्ष्यमा बढी जोड दिनुपर्छ ।

यो समायोजनलाई संरचनागत रूपमा व्यवस्थापन गर्न कठिन हुनेछ भने राजनीतिक रूपमा आकर्षित गर्न झनै कठिन हुनेछ । केही मुद्दामा उनीहरूले पृथ्वीको भलाइलाई राष्ट्रिय भलाइभन्दा माथि राख्नेछन् । अन्य ठाउँका झैँ उदाउँदा बजारका नेताहरूले पनि यसको विकल्प नभएको कुरा बुझ्नु आवश्यक छ । वर्षौसम्मको अनियन्त्रित वृद्धि र जति उपयोग गरे पनि प्राकृतिक प्रणालीले निरन्तर रूपमा दिने काम मात्रै गर्छ भन्ने अनिर्देशित बुझाइले हामीलाई यस बिन्दुमा पु¥याएको हो ।

यहाँ राम्रो समाचार पनि छ । वातावरणको कठोर संरक्षण आर्थिक वृद्धि, सामाजिक प्रगति तथा राजनीतिक स्थायित्वसँग समायोजन हुनसक्छ । विकासका स्वस्थ तथा क्षति नपु¥याउने नमुना प्रबर्धन गर्ने वातावरण मैत्री नीति पालना गर्ने अति गरिब मुलुकका लागि पनि यो कुरा सही छ ।

पेरिस वातावरण सम्झौताबाट फिर्ता हुने ट्रम्प प्रशासनले लिएको जस्तो अदूरदर्शी निर्णयले पृथ्वीलाई अर्को दिशातर्फ लैजान सक्छ । हामीले यस्तो हुन दिनु हुँदैन । निष्क्रियताले स्वास्थ्यमा पार्ने प्रभावलाई नजिकबाट ध्यान दिई पृथ्वीको वातावरणका चुनौती समाधान गर्न सम्झौताका बाँकी हस्ताक्षरकर्ताले सामूहिक रूपमा काम गर्नैपर्छ । आर्थिक वृद्धि तथा वातावरणीय संरक्षण सँगै रहनसक्छन् भन्ने कुरा सबै मुलुकले स्वीकार नगरेसम्म वर्तमान बिग्रदो अवस्थामा सुधार गर्न सकिन्न ।

जी ट्वान्टी तथा संयुक्त राष्ट्र सङ्घ जस्ता विश्वमञ्चले दिगो विकास प्रबर्धन गर्न वाहकका रूपमा काम गर्न सक्छन् । विशेषगरी स्थानीय, राज्य तथा अन्तर्राष्ट्रिय रूपमा वातावरणका नीति बनाउँदा स्वास्थ्य तथा समृद्धिलाई प्रबर्धन गर्ने रणनीतिलाई राम्रोसँग एकीकृत गर्नैपर्छ ।

कठोर प्रतिपक्षीहरू विज्ञानमा प्रश्न गर्नेछन् र वातावरणमा ध्यान नदिँदा मानव स्वास्थ्य जोखिममा परेको छ भनी दाबी गर्नेहरूलाई आलोचना गर्नेछन् भन्ने कुरा भुल्नु हुँदैन । तर यी आलोचकहरूलाई मेरो आफ्नै प्रश्न छ ः ‘‘के तपाईं आफू गलत भएको ठानिने जोखिम लिन तयार हुनुहुन्छ ?’’

(सौकत अजिज सन् २००४ देखि २००७ सम्म पाकिस्तानका प्रधानमन्त्री हुनुहुन्थ्यो । अनुवाद ः सुरेन्द्रबहादुर नेपाली,रासस

NH
Health News
प्रतिक्रिया दिनुहोस्