Logo
|
Thursday 25th April 2024
Logo

epaper

पूर्व राजा ज्ञानेन्द्रको बन्द भएको मुटुको नशा खोलियो, कस्तो अवस्थामा एन्जिओप्लाष्टी गर्ने ?



पूर्व राजा ज्ञानेन्द्र शाहको एन्जिओप्लाटी गरेर बायाँ भागको मुटुको नशा खोलिएको छ । अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. यादव भट्ट (डिएम) ले बन्द भएको मुटुको नशामा स्टैण्ड राख्नुभएको हो । हाल उहाँ खतरामुक्त भएको डा. भट्टले जनस्वास्थ्य सरोकारलाई जानकारी गराउनुभयो । नियमित जाँचका क्रममा एक हप्ता अघि टिमटि गर्दा राम्रोसँग मुटुमा रगत सञ्चालन नभएको देखिएपछि एन्जिओग्राम गर्दा बायाँ भागको मुटुको नशा बन्द भएको पत्ता लागेको थियो । बन्द भएको मुटुको नशा खोल्न पूर्व राजा शाह आज बिहान नर्भिक हस्पिटल पुग्नुभएको थियो । शाह दुई तीन जति दिन अस्पतालमा आराम गर्ने जानकारी प्राप्त भएको छ ।

 

मुटुको नशामा हुने अवरोधबारे प्रा.डा. भट्ट के भन्नुहुन्छ ?
७० प्रतिशत वा त्यो भन्दा बढी मुटुको नशामा अवरोध हुन थालेपछि मुटुको नशा खोल्न जरुरत पर्छ । एकपटक मुटुको रोग लागिसकेपछि उसलाई जीवनभर समस्या पर्नसक्छ । बन्द भएको मुटुको नशा वा भल्व एकपटक खोलिसकेपछि औषधि नियमित खाइरहनुपर्छ । औषधि खान बिर्सन हुँदैन । जस्तो—उच्चरक्तचाप, मधुमेहको औषधि नियमित खाएजस्तै मुटुको औषधि पनि नियमित चिकित्सकको सल्लाहमा खानुपर्छ । कुन अवस्थामा औषधि खाने र कुन अवस्थामा एन्जिओप्लास्टी गर्ने भन्ने प्राविधिक कुरा हुन् । यद्यपी कुनै पनि समस्याले मुटुमा रगत बग्ने वा मुटु चल्ने प्रविधिलाई गा¥ह«ो पारेमा इन्टरभेन्सन एवं शल्यक्रिया गरेर ठीक पार्नुपर्छ । समस्या न्यूनिकरण गरेपछि औषधिको प्रयोगबाट जोखिम नियन्त्रणमा राख्न सकिन्छ । जस्तो—मुटुमा ४०—७० प्रतिशतसम्म अवरोध भएमा त्यसलाई औषधिको सेवन गराएर नियन्त्रणमा राख्न सकिन्छ । ७० प्रतिशत वा त्यो भन्दा बढी मुटुमा अवरोध हुन थालेपछि मुटुको नशा खोल्न जरुरत पर्छ । यसैगरी भल्वहरुमा अलि अलि समस्या परेको अवस्थामा त्यसलाई औषधिबाट नियन्त्रण गर्न सकिन्छ । तर धेरै समस्या परेर मुटुलाई असर पार्न थालेको अवस्थामा त्यसको उपचार गर्नुपर्छ । खानपान र औषधिमा ध्यान दिनुपर्छ । नियमित शारीरिक अभ्यास गर्न आवश्यक हुन्छ । चिल्लो सेवनमा कम गर्ने, मोटोपन घटाउनुपर्छ । शहरी क्षेत्रमा मुटुको समस्या बढिरहेको छ । यसो हुनमा खानपान, जीवनशैली, धुम्रपान, जनचेतनाको अभाव आदि कारण हुन् । त्यसैले चुरोट सेवन नगर्ने, वंशाणुगत समस्या भएकाहरुले अझ धेरै ध्यान दिने, मधुमेह र उच्चरक्तचाप भएमा ठीकसँग नियन्त्रणमा राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्