Logo
|
Thursday 18th April 2024
Logo

epaper

जाम्बियाका पूर्वराष्ट्रपति अस्पताल भर्ना



जाम्बियाका प्रथम राष्ट्रपति केननेथ काउन्डा देशको राजधानी लुकासामा रहेको अस्पतालमा बुधबार भर्ना हुनुभएको छ ।

जाम्बियाका स्वास्थ्य मन्त्री चितालु चिलुफीले ९३ वर्षीय राष्ट्रपति काउन्डालाई सामान्य स्वास्थ्य समस्या देखिएपछि युनिभर्सिटी टिचिङ अस्पतालमा भर्ना गरिएको जानकारी दिनुभयो ।

उहाँले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर रहेको पनि बताउनुभयो । चिकित्सकहरूले उहाँको उपचारपछि बिहीबार डिस्चार्ज गर्नसक्ने अनुमान गरिएको जाम्बियाको सरकारी प्रसारण संस्थाले जनाएको छ ।

उपराष्ट्रपति इनोन्गे विनाले पूर्वराष्ट्रपति काउन्डालाई बुधबार बिहान अस्पतालमै गएर भेट्नु भएको पनि समाचारमा जनाइएको छ ।

काउण्डा देशको स्वतन्त्रताका लागि लडेपछि सन् १९६४ देखि १९९१ सम्म जाम्बियाको राष्ट्रपति बन्नु भएको थियो । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्