Logo
|
Thursday 19th September 2019
NEWS PAPER

गोसाइँकुण्ड धार्मिक मार्गमा स्वास्थ्य शिविर हुने



गोसाइँकुण्ड स्नान गर्न जाने भक्तजनका लागि प्राथमिक उपचार सेवा पु¥याउन धार्मिक मार्गका उच्च भागमा स्वास्थ्य शिविर सञ्चालन गराउने तय भएको छ ।

सांसद छोवाङ तेन्जिङ तामाङको प्रमुख आतिथ्य र प्रजिअ एवं गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक चोमेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न गोसाइँकुण्ड मेला व्यवसाय समितिको पहिलो बैठकले गोसाइँकुण्ड, गणेश गौडा, लौरीविनायक र चोलाङपाटीमा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताउनुभयो ।

हिमालय उद्धार संघले गोसाइँकुण्डमा र नेपाली सेनाको कालिजङ्ग गणले चोलाङपाटीमा र अन्यलाई जिल्ला स्वास्थ्य कार्यालयले स्थान तोक्ने निर्णय भएको बताइएको छ ।

साउन १३ गते सम्पन्न हुने जनैपूर्णिमा मेलाको व्यवस्थापन मर्यादित बनाउन विभिन्न सातवटा उपसमिति समेत गठन भएको अध्यक्ष डिएमले बताउनुभयो । रासस

NH
Health News
प्रतिक्रिया दिनुहोस्