Logo
|
Thursday 18th April 2024
Logo

epaper

बूढेसकालमा आँखाको ज्योति फर्कियो



बूढेसकालमा मोतीयाबिन्दुका कारण आँखा नदेख्ने समस्या भोगेका पर्वतका २५ वृद्धको आँखाको ज्योति फर्किएको छ ।

पर्वतमा क्रियाशील पाँच वटा लायन्स क्लबको सहयोगमा निःशुल्क मोतीयाबिन्दुको शल्यक्रिया भएपछि ती वृद्धहरुको आँखाको ज्योति फर्किएको हो । लामो समयसम्म गाउँमै उपचारको अभावमा अन्धोपन पालेर बसेका वृद्धले बूढेसकालमा राम्रोसँग संसार देख्न पाएकोमा खुसी भएका छन् ।

पर्वत जिल्ला अस्पतालमा दुई दिनसम्म चलेको शिविरमा २५ जना वृद्धको एक वटा र एक जना वृद्धको दुई वटै आँखामा लागेको मोतीयाबिन्दुको शल्यक्रिया गरिएको लायन्स क्लब अफ शिवालयका पूर्व अध्यक्ष वसन्तुकमार कर्माचार्यले जानकारी दिनुभयो ।

पर्वतका पाँच लायन्स क्लब र एक लियो क्लबको आयोजनामा भएको शिविरमा ८०० जनाको आँखा जाँच गरिएको थियो भने जलजला गाउँपालिकाका १५० जनालाई निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको थियो ।

शिविरमा हिमालय आँखा अस्पताल पोखराले निःशुल्क शल्यक्रियाको व्यवस्था गरिदिएको थियो । अस्पतालकी नेत्ररोग विशेषज्ञ डा बबिता गुरुङको नेतृत्वमा स्वास्थ्यकर्मीले शल्यक्रिया गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्