Logo
|
Saturday 21st September 2019
NEWS PAPER

पूर्वराजाको स्वास्थ्य अवस्था सुधारोन्मुख



 पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज थापाथलीस्थित नर्भिक अस्पताल पुग्नुभएको छ ।

बुधबार बिहान मुटुको उपचारका लागि अस्पतालमा भर्ना हुनुभएका पूर्वराजा शाहको स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न चिकित्सकसँग जानकारी लिनुभएका अध्यक्ष थापाले स्वास्थ्यलाभको कामना पुस्तिकामा हस्ताक्षरसमेत गर्नुभएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

पूर्वराजा शाहको मुटुसम्म पुग्ने नशामा अवरोध देखिएपछि एनजिओप्लाष्टी गरिएकामा अहिले उहाँको अवस्था सुधारोन्मुख बन्दै गएको उपचारमा संग्लन डा यादवदेव भट्टले अध्यक्ष थापालाई जानकारी गराउनुभयो ।

उहाँलाई शुक्रबार घर पठाइने अस्पतालले जनाएको छ । उहाँको उपचारमा मुटुरोग विशेषज्ञ भट्ट नेतृत्वको टोलीमा डा शिवजीविक्रम सिलवाल, डा शेखर राजभण्डारी, डा नग्मा श्रेष्ठ, डा सन्तोषमान श्रेष्ठ तथा डा किशोरजङ राणा संलग्न हुनुहुन्छ । रासस

NH
Health News
प्रतिक्रिया दिनुहोस्