Logo
|
Saturday 20th April 2024
Logo

epaper

‘जीपी लेवर हेल्थ क्लिनिक’ सञ्चालनमा



पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नामबाट स्थापित जीपी कोइराला श्रम प्रतिष्ठानले ‘जीपी लेवर हेल्थ क्लिनिक’ सञ्चालनमा ल्याएको छ ।

शनिबार एक कार्यक्रमबीच पूर्वराष्ट्रपति डा. रामवरण यादवले क्लिनिकको शुभारम्भ गरेका थिए । शूभारम्भ क्रममा डा.यादवले नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फडको मारेको भन्नु हुदै श्रमिकहरु स्वास्थ्य सेवाबाट वञ्चित हुनु नहुने बताउनु भयो । त्यस्तै उनले मुलुकको श्रमिक आन्दोलन र लोकतान्त्रिक आन्दोलनबीच अन्योन्याश्रित सम्वन्ध रहेको चर्चा गर्दै समृद्ध नेपालको सपना साकार पार्नका लागि श्रमिकहरुको आवश्यक रहेको बताउनु भयो ।
त्यस्तै डा.यादवले आफू स्वास्थ्य मन्त्री रहँदा गिरिजाबाबुले पाँचवटै विकास क्षेत्रमा मेडिकल कलेज स्थापना गर्न सुझाव दिएको स्मरण गर्नुभयो ।

स्वास्थ्य सचिव डा किरण रेग्मीले क्लिनिक सञ्चालनले स्वास्थ्य क्षेत्रमा सघाउ पु¥याउने बताउनु भयो । डा. रेग्मीले संघीयतामा सबैठाँउमा समान रुपमा स्वास्थ्य सेवा पुरयाउन संघीयता कार्यान्वनय एकाई गठन गरी मन्त्रालयले काम अघि बढाएको जानकारी दिनुभयो ।

उहाँले अघि भन्नुभया,े मजदुरलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य सहित स्वास्थ्य शिविर सञ्चालनमा ल्याएर प्रतिष्ठानले राम्रो काम गरेको छ।

सो अवसरमा नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, नेपाल स्वास्थ्य कर्मीसंघका अध्यक्ष रामजी घिमिरे लगायतका डाकटरहरु सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्