Logo
|
Friday 29th March 2024
Logo

epaper

अस्पतालमा रेबिज सुई अभाव



सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा रेबिज सुईको अभाव भएको छ ।

अस्पतालमा दैनिक पाँचदेखि छ जना कुकुरले टोकेका बिरामी आउने गरे पनि सुईको अभावका कारण समस्या भइरहेको अस्पतालले जनाएको छ । एक मात्र सरकारी अस्पतालमा सहुलियत दरमा पाइने रेबिज सुई एक हप्तादेखि पाउन छाडेपछि उपचारका लागि आउने बिरामी र कुरवालाई समेत समस्या हुने गरेको बताइएको छ ।

अस्पतालमा निःशुल्क रुपमा पाइने सो सुई सरकारी उदासीनताका कारण अहिले उपभोक्ताले निजी औषधि पसलमा दोब्बर मूल्यमा खरिद गरी प्रयोग गर्न बाध्य भएको स्थानीयवासी श्याम रजकले बताउनुभयो । अस्पतालले भने रेबिजविरुद्ध दिइने सुई अभाव भएपछि विभागमा माग गरिए पनि विभागबाट नआएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्