Logo
|
Saturday 20th April 2024
Logo

epaper

संखुवासभाः मकालु गाउँपालिकाको स्वास्थ्य चौकी भवन खै ?



संखुवासभाको मकालु गाउँपालिकामा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न नहुँदा दैनिक स्वास्थ्य सेवामा समस्या भएको छ ।

भवन निर्माण शुरु भएको ७ बर्ष बितिसम्दा पनि काम कछुवा गतिमा हुँदा उपचारका लागि आउने स्थानीय बिरामीहरुलाई निकै कष्ट परेको छ । स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा धुलीखेल हिमालय जे.वि.ले लिएको छ ।
मकालु सेदुवाका सिनियर अहेब प्रितिबहादुर राई भन्नुहुन्छ—‘भवन निर्माण सम्पन्न नभएकाले सानो घरमा कष्टकर रुपमा बिरामीहरुको उपचार गर्न बाध्य छौं’—
धनकुटास्थित शहरी विकास तथा भवन निर्माण डिभिजिन कार्यालयद्धारा स्वास्थ्य चौकी निर्माण गर्न खानी धुलीखेल हिमालय जे.वि.सँग २०६७ साल असार २० गते सम्झौता गरेको थियो । त्यसको डेड वर्ष भित्र ३ करोड २१ लाख रुपियाँ लागतमा २ तले भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । स्थानीय शान्ता बानिया भन्नुहुन्छ—‘तर ठेकेदार सागर गौतमले पटक पटक भवन निर्माण सम्पन्नका लागि म्याद थप्दै काम गरेका छैनन् ।’
स्थानीयबासीहरुले प्रत्यक्ष जनस्वास्थ्यसँग सरोकार राख्ने गाउँको स्वास्थ्यचौकी निर्माणमा लापरबाही र ढिलासुस्ती हुनु विडम्बना भएको गुनासो गरेका छन् । भवन निर्माणको ठेक्का लिने ठेकेदारले समयमा काम नगरेको भन्दै कारवाही प्रक्रिया अगाडी वढाइएको शहरी विकास कार्यालय धनकुटाले जनाएको छ । साँढेको जुधाइ बाछाको मिचाइ जस्तै भएको यतिखेर संखुवासभाको मकालु गाउँपालिकाको स्वास्थ्य चैकी भवन निर्माण कार्य । स्थानीय बिरामीहरुको सुविधालाई ध्यान राखेर काम चाँडो सम्पन्न नहुनु सरोकारवाला निकाय प्रमुख दोषी भएको गाउँलेहरुको गुनासो छ ।

यता स्वास्थ्यको भवन निर्माण भएपछि स्थानियवासीलाई स्वास्थ्य सेवा दिन सहज हुने भन्दै सबै गाउँलेहरु मिलेर काम गरिरहेको स्थानीय चन्द्रबहादुर राई बताउनुहुन्छ । यसका लागि सामान ढुवानी भइरहेको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्