Logo
|
Tuesday 16th April 2024
Logo

epaper

मेघराजको उपचार हुन सकेन



इलामको देउमाई नगरपालिका–१ शान्तिडाँडाका एक बालक मलद्वारबाट होइन पेटबाटै दिसा गर्छन् । अर्थाभावका कारण उपचार गर्न नसक्दा पाँच वर्षीय मेघराज कोइराला पेटबाटै दिसा गर्न बाध्य छन् । पेटमा पारिएको प्वालबाटै दिसा गरे पनि मेघराजमा अन्य कुनै समस्या नभएको उनका अभिभावक बताउँछन् ।

विद्यालय भर्ना गर्ने उमेर भएपनि पेटबाट दिसा बगिरहने भएकाले मेघराज विद्यालय जान पाएका छैनन् । पेटमा भएको प्वालमा कपडा लगाएर सफा गरिरहनुपर्ने हुन्छ । मेघराजलाई विद्यालयमा स्याहार्न सम्भव नभएकाले अभिभावकले विद्यालय भर्ना गर्न नसकेका हुन् ।

जन्मेको १९ दिनदेखि मेघराज पेटबाटै दिसा गरिरहेका छन् । जन्मेको दोस्रो साता अचानक बालक मेघराजको पेट फुलियो । जिल्ला अस्पताल इलाममा उपचार सम्भव भएन । तत्काल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइयो । त्यहाँ पनि उपचार सम्भव नभएपछि भारतको सिलिगुडीस्थित पारामन्ड अस्पताल लगेर उपचार गरियो ।

शिशु मेघराजलाई बचाउन डाक्टरले पेटमा प्वाल पारेर दिसा गर्ने विकल्प बनाइदिए । डाक्टरले पुनः मलद्वारबाटै दिसा गर्ने गरी उपचार गर्न सकिने बताए पनि त्यसका लागि धेरै रकम खर्चिनुपर्ने सुझाव दिएपछि निम्न आर्थिक अवस्था भएका उनको परिवारले उपचार गराउन नसकेपछि मेघराज पेटबाटै दिसा गर्न बाध्य छन् ।

मेघराज राजन दाहालको घरमा शरण लिएर बसेका छन् । राम्रो ठाउँमा उपचार गराए उनको मलद्वार खुलाउन सकिने डाक्टरले सुझाव दिएका छन् । “शल्यक्रिया गर्दा उपचार सम्भव हुने तर शल्यक्रियाका लागि रकम अलि बढी लाग्न सक्ने डाक्टरको भनाइ उद्धृत गर्दै दाहालले भन्नुभयो ।” उसबेलै उनको उपचारमा परिवारको रु चारलाख सकिइसकेको थियो ।

उपचारमा ऋण लागेपछि मेघराजका बुबा निर्मल वैदेशिक रोजगारीका लागि काम गर्न एक वर्षअघि खाडीमुलुक जानुभएको थियो । मेघराजकी आमाले उनलाई छाडेर अर्कासँगै विवाह गरिन् ।

तर घरमा छोराको गम्भीर अवस्था बुझेर दुई महिनाअघि स्वदेश फर्केका निर्मलले छोराको उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९घोपा० पु¥याउनुभयो । सो अस्पतालले गम्भीर शल्यक्रियाबाट उपचार सम्भव हुने तर काठमाडौँको टिचिङ अस्पतालमा लान सुझाव दिएको छ ।

तर, पहिलेको ऋण नै तिरिनसकेका मेघराजका बुबाले अर्थाभावकै कारण उपचारमा लैजान सक्नुभएको छैन । “छोराकै उपचार गराउन भनेर विदेशिएको थिएँ, छोरालाई नै छोडेर श्रीमतीले पनि अर्कैसँग विवाह गरेपछि पुनः फर्किएँ, तर पहिलेकै ऋण तिर्न बाँकी छ” निर्मलले कारुणिक हुँदै भन्नुभयो “अब कमाएर छोरोको उपचार गरौँला भन्ने छ ।”

आर्थिक अवस्था कमजोर भएकालाई सरकारले पनि उपचारमा सहयोग पु¥याएको सुने पनि आफूलाई केही थाहा नभएको भन्दै उहाँले सहयोगको अपिलसमेत गर्नुभयो ।

मेघराज उपचार सहयोग समिति गठन

यसैबीच, उनको उपचारका लागि बरबोटेका युवाले आइतबार महेश श्रेष्ठको संयोजकत्वमा ‘मेघराज उपचार सहयोग समिति’ नै गठन गरेका छन् । समितिका सदस्यमा कृष्ण पौडेल, रोशन श्रेष्ठ, सांगेन राई, तीर्थ जवेगु, घनश्याम दाहाल, आरबी राई, देवी श्रेष्ठ र राजन दाहाल रहनुभएको छ । बालकको उपचारका लागि सांगेन राई र आरबी राईले रु पाँच÷पाँच हजार सहयोग समेत दिइसक्नुभएको छ ।

मेघराजको उपचारका लागि आर्थिक स्रोत संकलन गर्न सोमबार यहाँको कन्काई विकास बैंकमा खाता खोलिएको छ । उनको उपचारका लागि बैंकमा सहयोग समेत जुट्न थालिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्