Logo
|
Friday 19th April 2024
Logo

epaper

स्वास्थ्यमन्त्रीमा गिरिराजमणि पोखरेल



स्वास्थ्य मन्त्रीमा गिरिराजमणि पोखरेलको नाम सिफारिस भएको छ ।

पोखरेल नेकपा माओवादीतकातर्फबाट स्वास्थ्य मन्त्रीमा सिफारिस भएका हुन् । पार्टी केन्द्रीय कार्यालयको बैठकले ६ मन्त्री र ३ राज्यमन्त्रीको टुंगो लगाएको थियो जसमा स्वास्थ्य मन्त्रीमा पोखरेलको नाम सिफारिस गरिएको बताइएको छ ।

यसअघि दुईपटक स्वास्थ्य मन्त्री बन्नु भएका पोखरेल २०६३ यता भने तीन पटक मन्त्री बनिसक्नु भएको छ ।
०६३ मा स्वर्गीय गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा पोखरेल पहिलोपटक स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालनु भएको थियो ।
त्यस्तै ०६४ पछि भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको गठबन्धन सरकारमा उहाँ पुनःस्वास्थ्य मन्त्री हुनु भएको थियो ।

माओवादीबाट यसअघि नै उपप्रधान तथा परराष्ट्रमन्त्रीमा कृष्णबहादुर महरासहित जनार्दन शर्मा गृह र प्रभू साह सहरी विकास मन्त्री भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्