Logo
|
Friday 29th March 2024
Logo

epaper

श्रीलङ्कामा डेङ्गुको प्रकोप घटेन, तीन सयभन्दा बढीको मृत्यु



श्रीलङ्कामा डेङ्गुको प्रकोप नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम घोषणा गरेको भए तापनि त्यो प्रभावकारी हुन सकिरहेको छैन ।

श्रीलङ्कामा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट ३०१ जनाको मृत्यु भएको छ ।

डेङ्गुबाट एक लाख पाँच हजार प्रभावित भएकोमा ३०१ को मृत्यु भएको श्रीलङ्का रेडक्रस सोसाइटीले मङ्गलबार सार्वजनिक गरेको छ ।

सन् २०१६ को तुलना यस वर्षको सुरुदेखि अहिलेसम्म नै डेङ्गु प्रभावितको सङ्ख्या दोब्बर भएको जनाइएको छ । सन् २०१६ मा डेङ्गु प्रभावित व्यक्तिको सङ्ख्या ५५ हजार १५० रहेको थियो ।

यसवर्षको सुरुदेखि हालसम्ममा यो सङ्ख्या एक लाख पाँच हजार पुगिसकेको छ । अहिले पनि यसको प्रकोपमा कमी नअएको अधिकारीहरुको भनाइ छ ।

श्रीेलङ्का रेडक्रसका स्वयंसेवकको ठूलो सङ्ख्याले डेङ्गु प्रभावितहरुको रोकथामको लागि सरकारलाई सहयोग गर्दै आएको पनि जनाइएको छ ।

लामखुट्टेको कारण लाग्ने यस रोगको नियन्त्रणका लागि घर आँगन सरसफाइ राख्न पनि स्वयंसेवकले सल्लाह दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्