Logo
|
Thursday 18th April 2024
Logo

epaper

अस्पताल ल्याउदै गर्दा दुई जनाको बाटोमै मृत्यु,स्वास्थ्यकर्मी भने जिल्लामै सिमित



अस्पताल लैजाने क्रममा मुगु जिल्लामा दुई व्यक्तिको मृत्यु हुन पुगेको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाँउपालिकाका दुई बिरामीलाई उपचारार्थ अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु हुन पुगेको हो । मृत्यु हुनेमा सोरु गाँउपालिका—६ का ३२ वर्षिय र्हक लावड र सोहि गाँउपालिका —२ का हिम्मत नाथ योगि रहेका छन् ।
उनीहरुको जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
लावडलाई पेटमा समस्या देखेपछि र योगिको भने घाउखटिरा देखेपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । योगिको मंगलबार बिहान मृत्यु भएको हो भने लावको भने केहि समय अघि मृत्यु भएको थियो ।
मृतकका परिवारले भने गाँउमा रहेको स्वास्थ्यचौकिमा स्वास्थ्यकर्मी र औषधि नहुदाँ यस्तो समस्या भोग्नु परेको बताएका छन् ।
गाँउको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधिको अभाव हुदाँ बाध्य भएर रुकोटमा रहेको जे.एस मेडिकलमा उपचार गरेका थिए ।

मेडिकलले, उपचार हुने सम्भावना नदेखेकाले लावड र योगि लाई रिर्फर गरेको भएपनि समयमै उपचार नपाएको कारण मृत्यु हुन पुगेको विजय मावि कालैका शिक्षक वीर बहादुर बमले बताए ।
उक्त मेडिकलमा उपचार हुन नसके पछि दुई दिन हिडेर जिल्ला अस्पताल वा गमगढी बजारमा रहेका मेडिकलमा आउनु पर्ने बाध्यता रहेको छ । त्यस्तै आयश्रोत भएकाहरु उपचारका लागि काठमाडौ नेपालगंज र भारतको लखनहु सम्म पुग्छन । आयश्रोत नभएका बिरामीहरु भने जिल्ला अस्पताल सम्म पुग्न समेत धौ धौ हुने गरको स्थानियबासीको गुनासो रहेको छ ।

सोरुमा ११ वटै वडामा स्वास्थ्य चौकी छन् सबै स्वास्थ्य चौकीमा एक जना एच ए सहित अन्य दुई जना स्वास्थ्यकर्मी र केही करारमा समेत स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ तर जिल्ला स्वास्थ्य कार्यालयको तालिम र गोष्ठिले स्वास्थ्यकर्मी जिल्ला सदरमुकाम मै बस्ने गरेकाले सामन्य बिरामी हुदा यहाँका सर्वसाधारणहरु सोरुकोटमा रहेको निजी मेडिकल जे.एसमा भर पर्नु पर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्