Logo
|
Thursday 28th March 2024
Logo

epaper

महोत्तरीका चार स्वास्थ्यकर्मीविरुद्ध मुद्दा दर्ता



आमा सुरक्षाको रकम दुरुपयोग गरेको आरोपमा महोत्तरीका चार स्वास्थ्यकर्मीमाथि विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको छ। आमा सुरक्षाको रकम हिनामिना गरेको आरोपमा स्वास्थ्यकर्मी निलम्बनमा परेका हुन्।

निलम्बनमा परेकामा प्राथमिक स्वास्थ्य केन्द्र सम्सीका तत्कालीन निमित कार्यालय प्रमुख एवं खाता संचालक सिनियर अहेव कमल किशोर ठाकुर, प्राथमिक स्वास्थ्य केन्द्र सम्सीका सिनियर अहेव शिवशंकर यादव, सोहि स्वास्थ्य केन्द्रकी अनमी किरणकुमारी ठाकुर र बिन्दु देवी साह छन् ।

आर्थिक वर्ष ०६८÷६९ मा आमा सुरक्षा कार्यक्रम अन्तर्गत निकासा भएको झन्डै अढाई लाख रकम चार जना मिलेर अनियमितता अख्यिारको दावी छ । रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम उनीहरुको मुद्दाको किनारा नभएसम्मको अवधिभरको लागि उनीहरु निलम्बनमा परेका छन् ।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको असार १५ को निर्णय अनुसार भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ द्धारा परिभाषित कसुरमा विशेष अदालत, काठमाडौंमा मंगलबार मुद्दा दर्ता भएको हो।
अन्नपूर्णपोस्टबाट

प्रतिक्रिया दिनुहोस्