Logo
|
Thursday 25th April 2024
Logo

epaper

वीर अस्पतालको स्तरउन्नति गर्नु आवश्यक छ—प्रधानमन्त्री देउवा



प्रधानमन्त्री शेर बहादुर देउवाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अर्थात वीर अस्पतालले प्रदान गदै आएको स्वास्थ्य सेवामा वृद्धि गर्नका लागि अस्पतालको स्तरउन्नति गर्नु आवश्यक रहेको बताउनु भएको छ ।

वीर अस्पतालको १ सय २८ औं वार्षिक उत्सवका अवसरमा अस्पताल परिसरमा आज आयोजीत कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले भन्नुभयो,‘ स्वास्थ्य समस्याका कारण कुनै पनि नेपाली विदेशमा गएर उपचार गर्न नपरोस, नेपालमै त्यसको आवश्यक व्यवस्था हुनुपर्छ , यो काम वीर अस्पतालले गर्न सक्नेमा आफू ढुक्क रहेको छु ।’

वीर अस्पतालको स्तरउन्नतिका लागि सरकारले पर्याप्त बजेट समेत छुट्टाइसकेको जानकारी गराँउदै प्रधानमन्त्री देउवाले चालु आर्थिक वर्षमा भौतिक पूर्वाधारका क्षेत्रमा समेत वीर अस्पताललाई सुविधा सम्पन्न बनार्इ क्षेत्रिय,उपक्षेत्रिय स्तरमा समेत प्रतिष्ठानको सस्तो,सुलभ तथा चुस्त सेवा दिने प्रयासमा सरकार रहेको बताँउनु भयो ।

त्यस्तै ,उहाँले वीर अस्पताल भक्तपुरको चाँगुनारायण नगरपालिकाको दुवाकोटमा नेपाल सरकारद्धारा प्रदान गरिएको ५ सय २० रोपनी क्षेत्रफलको जग्गामा प्रतिष्ठानको केन्द्रिय भवन सर्न लागेको जानकारी गराउनु भयो ।

प्रत्येका नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने भन्दै प्रधानमन्त्री देउवाले अहिलेको समयमा अस्पतालले दिने सेवामा थप वृद्धि गर्नु आवश्यक रहेका बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्