Logo
|
Wednesday 24th April 2024
Logo

epaper

 ‘क्रित्रिम आवाज यन्त्र’ प्रत्यारोपण 



नेपाल क्यान्सर हस्पिटलले घाँटी क्यान्सरका कारण आवाज गुमाएका बिरामीहरुका लागि ‘क्रित्रिम आवाज यन्त्र’ प्रत्यारोपण शुरु गरेको छ ।

विश्व हेड एण्ड नेक क्यान्सर दिवस २०१७ को अवसरमा हस्पिटलका वरिष्ठ हेड एण्ड नेक क्यान्सर विशेषज्ञहरुको संयुक्त टोलीले क्यान्सर विशेषज्ञ डा. विशाल राओद्धारा निर्मित विश्वकै सुलभ तथा उत्कृष्ट (ओम) नामक क्रित्रिम आवाज यन्त्र प्रत्यारोपण शुरु गरेको हो । यो नेपालका लागि पहिलो भएको हस्पिटलको दावी छ ।
अस्पतालले आयोजना गरेको विभिन्न सरकारी तथा निजीस्तरका नाक, कान,घाँटी चिकित्सकहरुको लागि प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रमबीच घाँटीको क्यान्सरका कारण आवाज गुमाएकाहरुको आवाज सुधारको लागि गरिने शल्यक्रियाको प्रत्यक्ष प्रशारण गरेको थियो । प्रत्यक्ष शल्यक्रियामा घाँटीको क्यान्सरका कारण आवाज गुमाएका ३ जनाको निःशुल्क क्रित्रिम आवाज यन्त्र प्रत्यारोपण गरिएको छ । यसरी क्रित्रिम आवाज यन्त्र प्रत्यारोपणपछि व्यक्ति तुरुन्त राम्रोसँग बोल्न सक्छन् ।

भारतको हैदराबादस्थित एचसिजी क्यान्सर केयर हस्पिटलका हेड एण्ड नेक क्यान्सर सर्जन डा. विशाल रावले आविश्कार गरेको करिब ५० हजार रुपियाँ पर्ने ओम नामक क्रित्रिम यन्त्र नेपाल क्यान्सर हस्पिटलबाट १ सय ५० रुपियाँमा उपलब्ध हुने छ ।

गरिब बिरामीहरु यसबाट लाभान्वित हुने छन् । सूर्ति तथा सूर्तिजन्य पदार्थको सेवनका कारण करिब ८० प्रतिशत हेड एण्ड नेकको क्यान्सर हुनसक्ने संभावना रहेको अस्पतालका वरिष्ठ क्यान्सर विशेषज्ञ डा. सुदिप श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्