Logo
|
Friday 19th April 2024
Logo

epaper

भाइरलको प्रकोप बढ्यो



उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी गढी नगरपालिकालगायत बेल्टार बजार क्षेत्रमा १० दिनदेखि भाइरलको प्रकोप ह्वात्तै बढ्दै गएको छ ।

बेल्टार अस्पतालका अनुसार भाइरलको प्रकोप बढेसँगै अहिले दैनिक अस्पतालमा ६० जनाभन्दा बढी बिरामी उपचारका लागि आउन थालेका छन् ।

बेल्टार बजार क्षेत्रलगायत रानीबास, बसाहा, हँडिया, चौदण्डी, सिद्धिपुर क्षेत्रबाट अहिले भाइरलबाट प्रभावित बिरामी दैनिक उपचारका लागि आउन थालेको अस्पतालका एचए ९जनस्वास्थ्य निरीक्षक० श्यामनारायण पण्डितले बताउनुभयो ।

भाइरलबाट प्रभावित बिरामीको संख्या बढेपछि अस्पतालमा शय्याको अभावमा भुइँ तथा अस्पताल परिसरमा समेत बिरामीलाई राखेर उपचार गर्नुपरेको अस्पताल प्रशासनले बताएको छ ।

अस्पतालमा भाइरलबाट प्रभावित बालबालिका र वृद्धवृद्धा बढी आउने गरेका छन् ।

शुरुमा सामान्य टाउको दुख्ने, रिंगटा लाग्ने, नाकबाट पानी आउने र अनियमित ज्वरो आउने तथा रुघाखोकी लाग्ने र बिरामी कमजोर हुने जस्ता रोगको लक्ष्यण रहेको अस्पतालका प्रशासन प्रमुख डा सन्तोष राई बताउनुहुन्छ ।

केही सामान्य उपचारपछि घर फर्कने गरेको भए तापनि केही बिरामी भने सिकिस्त भई ढिलो गरी अस्पताल आएका कारण अस्पतालले नसक्ने अवस्था आए सिफारिस गरी पठाउनु परेको अस्पताल प्रशासनले बताएको छ ।

यसअघि जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका तथा उदयपुरको मध्य पहाडी क्षेत्रमा पनि भाइरलबाट प्रभावित भई जिल्ला अस्पताल उदयपुरमा उपचार गराउँदै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्