Logo
|
Wednesday 24th April 2024
Logo

epaper

सरकार र डा.केसीबीच तेस्रो पटक आज वार्ता हुने



चिकित्सा शिक्षा सुधारको माग राख्दै विगत ७ दिनदेखि अनशनरत डा. केसी र सरकारी वार्ता टोलीबीच आज तेस्रो पटक वार्ता हुदैछ ।

हिजोको वार्ता टुगोंमा पुग्न नसक्दा सरकारी पक्ष र डा.केसीका प्रतिनिधिबीच अपरान्ह ४ बजे पुन वार्तामा बस्ने निर्णय भएको सरकारी वार्ता टोलीका संयोजक शिक्षा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले बताउनु भएको छ ।

चिकित्सा शिक्षा सम्बन्धी विधेयक आफ्ना सुझावसहित तुरुन्त पास गर्नुपर्ने डा. केसीको मुख्य मागलाई लिएर सरकारी वार्ता टोलीले भने संसदमा रहेको विधेयक आफनो क्षेत्राधिकार भन्दा बाहिरको विषय भएको बताँउदै आएको छ ।

सोहि कारण देखाँउदै सरकारले डा. केसीको मागलाई लिएर ठोस जवाफ दिन सकेको छैन भने चिकित्सा शिक्षा र सेवामा सुधारको माग राख्दै अनशन बसेका डा.केसी र सरकारी टोलीबीच यसअघि भएका वार्ता निष्कर्षविहिन हुन पुगेको छ ।

यसैबीच डा. केसीको समर्थनमा माइतीघर मण्डलामा रिले अनसन सुरु भएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सले डा. केसीको समर्थनमा हिजो रिले अनसन घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्