Logo
|
Thursday 18th April 2024
Logo

epaper

स्वाइन फ्लुको संक्रमण बढ्दो



मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण देखिएको भन्दै सर्वसाधरणालाई सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैबीच टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३ जना विरामीमा स्वाइन फ्लुको संक्रमण भएको आशंका गरिएको छ ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक शेर बहादुर पुनले जनस्वास्थ्य सरोकारसँग भन्नुभयो,‘पछिल्लो एक महिनाको अवधिमा हामीकहाँ उपचार गर्न आउनु भएका मध्ये ३ जना विरामीमा स्वाइन फ्लुको संक्रमण भएको आशंका गरेका छौं ।’

त्यस्तै एच वान् एन वान् भाइरसबाट हुने स्वाइन फ्लु सरुवा रोग हो भने यसको संक्रमण जुन महिनाको अन्तिमदेखि देखिन थालेको चिकित्सक पुनले बताउनुभयो ।

उहाँले सर्वसाधरणलाई सचेत रहन आग्रह गदै सार्वजनिक स्थलमा जाँदा मास्क लगाउने, हात नमिलाउने ,खोक्दा वा हाछिउँ गर्दा रुमालको प्रयोग गर्ने, साबुन पानीले राम्ररी हातमुख धुर्ने र घरमा बस्दा अलग अलग बस्ने, झोलिलो खानेकुराको सेवन बढी मात्रामा खानको लागि आग्रह गर्नु भएको छ ।
अस्पतालमा पछिल्ला दिनहरुको तुलनामा आज जाँच गराउन आउने विरामीको संख्यमा वृद्धि भएको भन्दै डा.पुनले भन्नु ,‘भयो हिजो अस्ति १० देखि १५ जना जाँच गर्न आउने गर्नेमा आज भने उक्त संख्या दोब्बर हुन पुगेको छ । ’

सामान्यतः यो रोग लागेपछि ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वासप्रश्वासमा अफ्ठेरो हुने, वान्ता हुने लक्षण देखिने गरेका छन् । यस्ता खालका लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन डा. पुनले आग्रह गर्नुभयो ।
स्वाइन फ्लुबाट हालसम्म २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्