Logo
|
Friday 19th April 2024
Logo

epaper

भिडियो परामर्शबाट जीवन बचाउनेहरु



चिकित्सक वा प्रशिक्षित सुँडेनीहरु हुने हो भने सुत्केरी अवस्थामा हुने मातृ मृत्यु ९९ प्रतिशतसम्म रोक्न सक्ने ठानिन्छ।

पाकिस्तानमा गर्भावस्था वा सुत्केरीहुँदा उत्पन्न हुने जटिलताका कारण हरेक २० मिनेटमा एकजना महिलाको ज्यान जान्छ।

सेहत कहानी भन्ने संस्थाले यस्तो स्थितिलाई बदल्न प्रविधिको प्रयोग गरिरहेको छ। उसले सामुदायिक सुँडेनीहरुलाई प्रशिक्षण दिन्छ र उनीहरुलाई एउटा भ‌िडियो लिङ्कको माध्यमबाट महिला चिकित्सकहरुसंग जोड्दछ।

पाकिस्तानमा शिशु मृत्यु दर दक्षिण एसियामै सबैभन्दा बढी छ।

धेरै महिलाहरुले घरबाट बाहिर गएर काम गर्न परिवारको स्वीकृति लिनुपर्दछ।

पाकिस्तानमा चिकित्सा शास्त्र पढ्ने ७० प्रतिशत विद्यार्थीहरु महिला छन्, तर त्यसको आधिले मात्र पछि चिकित्सकको रुपमा काम गर्छन्।

डाक्टरहरु सारा सइद र इफात जाफर मिलेर सेहत कहानी स्थापना गरेका हुन्। उनीहरुको संस्थामा आबद्ध ५० जना महिला चिकित्सकहरुले घरबाटै काम गर्छन्।

अहिलेसम्म यो टोलीले २८,००० पटक भिडियो परामर्श दिइसकेको छ।

उनीहरुले आउँदो तीन वर्षभित्र २०० जना सामुदायिक सुँडेनीहरुलाई तालीम दिने लक्ष्य राखेका छन्।

source: बीबीसी रिपोर्ट (भिडिओ)

प्रतिक्रिया दिनुहोस्