Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्टार हस्पिटल र कुमारी बैँक बिच सम्झौता, बैँकका कार्मचारी  र ग्राहकलाई उपचार खर्चमा १५% छुट 



ललितपुरको सानेपा स्थित स्टार हस्पिटल र कुमारी  बिच सहकार्य गर्ने सम्झौता भएको छ ।
स्टार हस्पिटलको तर्फबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी तथा कुमारी बैँकका तर्फबाट बैँकका डिपुटी सि.ई.ओ राजिव गिरीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार अब देखि स्टार हस्पिटलले कुमारी तथा कुमारी स्वास्थ्य जिवन बचत खाता भएका ग्राहकहरुलाई उपचार खर्चमा १५% सम्म छुट प्रदान गर्ने छ ।
छुट सुविधा प्राप्त गर्न सेवाग्राहीहरुले बैँकको डेविट वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्नेछ भने बैकका कर्मचारीहरुले आफ्नो परिचय पत्र देखाउनुपर्ने अस्पतालका व्यवस्थापक हरि ढकालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्