Logo
|
Friday 19th April 2024
Logo

epaper

नङले दिन्छ रोगको संकेत



नङको काम हातखुट्टाको सौन्दर्य बढाउनु मात्र होइन । हातखुट्टाका नङको रङले शारीरिक तथा मानसिक स्वास्थ्यका बारेमा समेत जानकारी दिन्छ । स्वस्थ नङ स्मुथ र दागधब्बारहित हुन्छ । यसको रङ र सेप पनि एकनासको हुन्छ । नङमा देखिने सेतो दाग, गुलाबी धर्सा भनेको शरीरमा गम्भीर रोग छ भन्ने संकेत हो । नङले शरीरभित्र गुप्त रूपमा रहेका विभिन्न रोगका बारेमा संकेत दिने गर्छ ।

– नङ चाँडै भाँचिने, चर्कने, सुक्खा तथा छिटो झर्ने खालको छ भने शरीरमा थाइराइड हर्मोनमा असन्तुलन आएको बुझ्नुपर्छ ।

-नङ चिरिएको छ र पहेँलो हुँदै गएको छ भने त्यो फंगल इन्फेक्सनको संकेत पनि हुन सक्छ।

– नङको भित्री भागमा गहिरो रङको धर्सो छ भने यसले कुनै गम्भीर रोग छ वा त्यसतर्फ जान लागेको संकेत गर्छ । त्यसैले यस्तो भएमा जतिसक्दो चाँडो स्वास्थ्य परीक्षण गर्नुपर्छ । किनकि, यो छाला क्यान्सरको लक्षण पनि हुन सक्छ ।

– यदि नङको रङ नीलो हुन थालेको छ भने त्यो मुटुरोगको संकेतसमेत हुन सक्छ ।

– नङको रङ पहेँलोमा परिवर्तन हुँदै छ भने पनि सचेत हुनुपर्छ । क्यान्सरका कारण पनि यस्तो भएको हुन सक्छ ।

– टिबी, फोक्सोको ट्युमर, मुटुको पुरानो रोग छ भने नङको रङ घडीको सिसा आकारको हुने गर्छ ।

– त्यस्तै, कसैकसैको नङ अचम्मको आकारमा परिवर्तन हुन सक्छ । यसले सिफिलिस, छालासम्बन्धी र मानसिक रोग छ भन्ने संकेत दिन पनि खोजेको हुन सक्छ ।

– यदि नङमा खस्रो धर्सा देखिन्छ भने यो वंशानुगत समस्या हो । यसबाट अर्थराइटिस, कोलाइटिस छ भन्ने कुरा थाहा पाउनुपर्छ ।

– यदि नङ नीलो हुँदै गएको छ भने शरीरमा अक्सिजनको कमी हुन थालेको बुझ्नुपर्छ । श्वासप्रश्वासको रोग या मुटुरोगले पनि यस्तो संकेत दिन्छ ।

– यदि नङको रङ आधा गुलाबी र आधा सेतो देखिन्छ भने त्यो मधुमेहको संकेत हो ।

– बढी सेतो नङले एनिमिया, डायबिटिज या कलेजोसम्बन्धी समस्याको संकेत गर्छ ।  नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्