डान्स मुभमेन्ट थेरापी, रोग निवारणको बैकल्पिक उपचार पद्धति
नृत्यलाई साधारण रुपमा मनोरञ्जन एवम् भावनाहरु ब्यक्त गर्ने माध्यमको रुपमा लिइन्छ तर नृत्य अनेक रोगहरुको उपचारका लागि पनि प्रभावकारी देखिएको छ । त्यसैले मानिसहरु आजकाल डान्स मुभमेन्ट थेरापी प्रति आकर्षित हुदै गएका छन ।
के हो डान्स मुभमेन्ट थेरापी ?
नृत्यले रोगहरुको उपचार गर्ने पद्धतिलाई डान्स मुभमेन्ट थेरापीको नाम दिइएको छ । यस थेरापीको प्रयोग डिप्रेशन, हृदयरोग, जोर्नीको दुखाई, ओस्टियोपोरोसिस्, डिस्लेक्सिया, पार्किङसन जस्ताः रोगहरुको उपचारका लागि प्रयोग गर्न थालिएको छ ।
नृत्य गर्ने बेलामा हाम्रो शरीरको विभिन्न मांसपेशिहरुको प्रयोग हुन्छ । यसले शरीरको जोर्नीलाई कुनै पनि नोक्सान नपु¥याई मांसपेशिलाई मजबुत एबं सक्रिय बनाउन मद्धत पुराउछ । अमेरिकाको नेशनल हार्ट, लंग एण्ड ब्लड इन्स्टिच्यिुचमा गरिएको एक अध्ययनबाट यो कुराको पुष्टि भएको छ ,
‘‘बलरुप डान्सिङ्ग बाट कोरोनरी हार्ट डिजिजको खतरा घट्छ, रक्तचार नियन्त्रित रहन्छ, तौल घट्छ र एचडिएल कोलेस्टोरको स्तरमा सुधार आउछ।’’
द आर्ट इन साइकोथेरापी (२००७) को एक अध्ययनमा नृत्य थेरापीबाट डिप्रेशनका लक्षण देखापरेका ब्यक्तिहरुमा सकारात्मक असर देखियो । अलजाइमर केयर टु डे (२००८) को अनुसार नृत्य थेरापीले स्मरण शक्ति सुधार्न मद्धत गर्छ ।
डान्स मुभमेन्ट थेरापीको महत्व
अनेक वैज्ञानिक अध्ययनबाट पनि प्रमाणित भएको छ कि विभिन्न प्रकारको नृत्य शैलिहरुले हृदय रोगको खतरा कम गर्न, वजन कम गर्न, वजन घटाउन तथा हड्डी र मांसपेसिलाई मजवुत राख्न मद्धत पु¥याउछ । यस बाहेक नृत्यले मष्तिष्कमा बन्ने रसायनहरुकोे सँख्या बढाउछ , जसले नसाका कोशिकाहरुको विकासमा मद्धत पु¥याउछ । नृत्यले अक्सिजन ग्रहण गर्ने तथा कार्वनडाइअक्साइड एवम् अन्य विषलु पदार्थ बाहिर निकाल्ने शरीरको क्षमतालाई बढाउछ ।
‘‘नृत्य आफूमा आत्मविश्वासको विकास गर्ने सबैभन्दा सजिलो उपाय हो । यसले मनलाई ताजा बनाउछ, जीवनमा नयाँ उर्जाको संचार गर्छ र रचनात्मकतालाई बढाउछ ।’’
नृत्यको सबै भन्दा राम्रो पक्ष यो हो कि मानिसलाई रमाइलोे पनि हुन्छ र स्वास्थ्यमा पनि लाभदायि परिवर्तन आइरहेको हुन्छ , जस्तै वजन घट्नु, वजन नियन्त्रित भयो भने विभिन्न रोगबाट बच्न सकिन्छ । नृत्यको शारीरिक लाभ बाहेक अनेक मानसिक लाभ पनि छन । डान्स मुभमेन्ट थेरापीले तनाव घटाउछ, रोगहरुबाट बच्न, वजन घटाउन तथा सुखी हुन मद्धत गर्छ । यस थेरापीका विभिन्न मानसिक तथा शारीरिक लाभका कारण डान्स मुभमेन्ट थेरापीलाई बैकल्पिक उपचार पद्धतिका रुपमा लिन सकिन्छ । स्वास्थ्य सन्दर्भ