Logo
|
Friday 29th March 2024
Logo

epaper

पिसाबथैलीमा मासु पलाएमा क्यान्सरको संकेत




पिसाबथैलीको क्यान्सरको समस्या लिएर धेरै बिरामी आउने गर्छन् । यो महिला पुरुष दुवैलाई देखिने गरेको छ ।
पिसाबथैलीको क्यान्सर एक किसिमको क्यान्सर हो । यसलाई युरोथेलिल क्यान्सर भनिन्छ । करिब ९० प्रतिशत यस प्रकारको क्यान्सर पिसाबथैलीको भित्री लाइनिङबाट उब्जने क्यान्सर हो । पिसाबको थैलीमा मासु पलाएमा ९९ प्रतिशत क्यान्सरको संभावना रहन्छ ।
धेरैजसो बिरामी समस्या देखिएपछि मात्र उपचारका लागि आउने कारण कतिपयको त उपचार पनि सम्भव हुँदैन । धुम्रपान, सूर्ति तथा सूर्तिजन्य पदार्थको सेवनले पिसाबथैलीको क्यान्सर हुने सम्भावना रहन्छ । यसका साथै विभिन्न रबर फ्याक्ट्री र केमिकल उद्योगहरुमा काम गर्ने व्यक्तिहरुमा पनि यस प्रकारको क्यान्सर पाइने गरेको छ ।
पिसाबमा रगत देखापर्नु पिसाबथैलीको क्यान्सरको मुख्य लक्षण हो । कहिलेकाँही कुनै लक्षण नदेखाउन पनि सक्छ । समयमा पहिचान भएको अवस्थामा उपचार सम्भव हुन्छ । तर पिसाबथैलीभन्दा बाहिर क्यान्सर फैलिएमा उपचार नलाग्नसक्छ । पिसाबथैलीमा क्यान्सर भएनभएको पत्ता लगाउन अल्ट्रासाउण्ड र तालिका अनुसार पिसाबको जाँच गर्नुपर्छ । मुत्रनलीबाट दूरबीन छिराएर पिसाबको थैलीभित्रको ट्यूमर निकाल्नुपर्छ । ट्यूमर सानो, सामान्य अवस्थामा भएमा राम्रो उपचार हुन्छ । त्यसपछि हरेक तीन तीन महिनामा बिरामीलाई फलोअप जाँचका लागि बोलाउनुपर्छ । सुर्तिजन्य पदार्थको सेवन बन्द गर्नुपर्छ । नियमित पिसाबको परीक्षण गरिरहनुपर्छ ।
( डा. बाटाजु बी एण्ड बी हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्