Logo
|
Friday 29th March 2024
Logo

epaper

मुटु रोग उपचारमा अब्बल टिम ह्याम्समा, डा. मनबहादुर के.सी.को टिम पूर्णकालीन सेवामा



नयाँ व्यवस्थापन एवं वरिष्ठ चिकित्सकहरुको टीमले सञ्चालनमा ल्याएको ह्याम्स हस्पिटल यतिखेर मुटु उपचारमा अब्बल सेवा प्रवाह गर्न सफल भएको छ ।
हस्पिटलमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका पूर्व कार्यकारी निर्देशकद्धय डा. भगवान कोइराला र डा. मनबहादुर के.सी.लगायत मुटुमा ख्यातिप्राप्त चिकित्सकहरुले सेवा दिन थालेका छन् ।
डा. मनबहादुर के.सी.ले ह्याम्स हस्पिटलमा दिउँसोको समयमा पूर्णकालीन सेवा प्रदान गर्न थालेका छन् । विगत दुई दशकभन्दा लामो समयदेखि शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्रमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. के.सी.ले एक महिनादेखि ह्याम्समा बिहानदेखि दिनभर पूर्णकालीन सेवा प्रदान गर्न थाल्नुभएको छ । उहाँसँगै मुटुरोग विशेषज्ञ डा. मुकुन्द शर्मापनि संलग्न हुनुहुन्छ ।
यसैगरी बिहान र बेलुकाको समयमा मुलुकमा कार्डियाक सर्जरीमा विशेष योगदान दिनुभएका वरिष्ठ मुटु सर्जन प्रा.डा. भगवान कोइराला, नन—इन्भेजिव कार्डियोलोजीमा अतुलनीय योगदान पुर्याउँदै आउनुभएका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. दिवाकर शर्मा, सि.आर.टी. जस्तो विशेष पेशमेकर राख्ने नेपालको एक मात्र चिकित्सक डा. रोशन राउत, मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीलगायतले मुटु उपचारमा सेवा प्रदान गर्दै आउनुभएको छ ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. मनबहादुर के.सी. मुटु ढुकढुक गर्ने समस्या (कार्डियाक इलेक्ट्रो फिजियोलोजी) को उपचार गर्ने नेपालको पहिलो चिकित्सक हुनुहुन्छ । उहाँले सन् २००४ मा कार्डियाक इलेक्ट्रोफिजियोलोजी सेवा गंगालालमा शुरु गर्नुभएको थियो । मुलुकमा यो सेवा शुरु गरेवापत् नेपाल राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले २०६२ सालमा डा. केसीलाई युवा वैज्ञानिक पुरस्कारबाट विभूषित गरेको थियो । हाल यसको विकास र विस्तारमा डा. रोशन राउतको थप योगदान रहेको छ ।

हाल कार्डियाक इलेक्ट्रोफिजियोलोजी सेवा नेपालमा शहीद गंगालालमा मात्र रहँदै आएकोमा निजी क्षेत्रबाट ह्याम्सले पहिलोपटक शुरु गरेको छ ।
ह्याम्समा वरिष्ठ क्यान्सर सर्जन प्रा.डा. प्रकाश सायमी, वरिष्ठ फिजिसियन प्रा.डा. अर्जुनबहादुर कार्की, वरिष्ठ युरोलोजिष्ट प्रा.डा. प्रेमराज ज्ञवाली, वरिष्ठ न्यूरो सर्जन प्रा.डा. प्रकाश विष्टलगायतका वरिष्ठ चिकित्सकहरुले आ—आफ्नो विधामा उत्कृष्ठ सेवा प्रदान गर्दै आउनुभएको छ । पछिल्लो समय वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालले समेत सो अस्पतालमा आफ्नो सेवा शुरु गर्नुभएको छ ।
११ रोपनी क्षेत्रफलमा फैलिएको हेलिप्याडसहितको १० तले सुविधासम्पन्न ह्याम्स हस्पिटललाई नमुना हस्पिटलको रुपमा विकास गर्ने योजना रहेको हस्पिटलका अध्यक्ष आर.एस. भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्