Logo
|
Thursday 25th April 2024
Logo

epaper

आज विश्व मधुमेह दिवस, जनचेतनामुलक कार्यक्रमको आयोजना गरि मनाइदै



मधुमेह र परिवार भन्ने मुल भावका साथ यस वर्षको विश्व मधुमेह दिवस ‘मधुमेह ः हरेक परिवारको सरोकार ’ भन्ने नारा अनुरुप तिलगंगा आँखा प्रतिष्ठानले कार्तिक २५ देखि ३० गते सम्म मधुमेहको आँखामा असर सम्बन्धी सचेतना सप्ताहका रुपमा विशेष कार्यक्रमको आयोजना गरि मनाउदै छ ।
यस अन्तर्गत मधुमेहले आँखामा पार्ने असर सम्बन्धि स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरिएको छ । तिलगंगाले सुरु गरेको डायवेटिक रेटिनोप्याथी दिवसलाई यस बर्ष पनि निरन्तरता दिने घोषणा गरेको छ ।
अन्तर्रांष्ट्रिय मधुमेह संघका अनुसार संसारभर ४२ करोड ५० लाख मानिस मधुमेह बाट ग्रसित छन् भने ३५ करोड २० लाख मानिस प्रकार २ मधुमेहको जोखिममा छन् । आधा भन्दा बढिलाई मधुमेह भएकै थाहा छैन । मधुमेहको जोखिम बढे सँगै यसको दिर्घकालिन असर प्रत्यक परिवारमा देखिने प्राय निश्चितनै छ । त्यसैले, हरेक परिवारको मधुमेह व्यवस्थापन, रोकथाम तथा शिक्षाप्रतिको भुमिकालाई व्यापक बनाउने अभियान अनुरुप यस बर्ष ‘मधुमेह ः हरेक परिवारको सरोकार ’ भन्ने नारा अनुरुप विश्वभर मनाईदै छ ।
डायवेटिक रेटिनेप्याथी मधुमेहको एक जटिल अवस्था हो । मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको मधुमेहले करिव पुरै आँखाको रेटिनामा असर पर्दछ भने दोश्रो प्रकारको मधुमेहदले करिव २ तिहाई बिरामीको रेटिनामा असर परिसकेको हुन्छ । आँखाको पर्दामा असर गरेपनि यसको लक्षण तत्कालै नदेखिन सक्छ ।
आँखामा धेरै असर गरिसकेपछि मात्र रोगका बारेमा थाहा हुन सक्छ जति वेला उपचार पश्चात पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुन्छ । मधुमेहले आँखाको पर्दाको रक्तकोशिकाहरुमा असर गरि पर्दाको रक्तसंचारमा प्रभाव पार्दछ । जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुनगई दृष्टि कमजोर हुन जान्छ । संसारमा कुल अन्धोपना मध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना यहि डायवेटिक रेटिनोपेथीको कारणले हुने गरेको र आँखामा मधुमेहले पार्ने असर बारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाईएको छ ।
मधुमेहले शरीरका अन्य भागहरु जस्तै आँखाको दृष्टि, पर्दाको (रेटिना), रक्तनसाहरुमा पनि असर गर्दछ । पर्दा आँखाको भित्री भागमा रहेको दृष्टिका लागि अत्यन्तै महत्वपूर्ण स्नायु तन्तुले बनेको पारदर्शी झिल्ली हो ।
मधुमेहले असर गर्दा सुुरुमा आँखाको पर्दामा रक्तस्राव हुने, चिल्लो पदार्थ जम्मा हुने र सुजन देखापर्छ । समयमै उपचार नभए अत्यधिक रक्तस्राव भई आँखाको दृष्टि सधैंका लागि गुम्ने खतरा हुन्छ । मधुमेहले गर्दा आँखाको रेटिनामा देखिने यि असरहरुलाई नै डाइबेटिक रेटिनोपेथी भनिन्छ । समयमै ध्यान नपु¥याउने हो भने यसको असरले दृष्टि कमजोर पार्नुका साथै व्यक्तिलाई अन्धोसमेत बनाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्