Logo
|
Thursday 25th April 2024
Logo

epaper

जाडो मौसममा किन बढ्छ दम ?



डा. सुरज कुमार गुप्ता, वरिष्ठ दम तथा छाती रोग विशेषज्ञ

नेपालमा मौसम परिवर्तन सँगसँगै दमका बिरामीको संख्यामा पनि बृद्धि भइरहेको छ । तुलनात्मक रुपमा पछिल्लो समय जाडो मौसममा दमका बिरामीहरु अत्याधिक मात्रामा बढीरहेका छन् । दम बिभिन्न प्रकारका हुन्छन ।

दम भन्नाले सामान्य भाषामा कुनै पनि मानिसलाई सास फेर्न गाह्रो हुनु हो । दम कुनै पनि उमेर समुहका मानिसहरुलाई हुन सक्छ । बढि चुरोट खाने, धुँवामा बढी काम गर्ने र बाह्य प्रदुषित बातावरणमा काम गर्ने मानिसहरुलाई क्रोनिक ब्रोन्काइटिस रोग लाग्दछ । जस्त,ै कुनै मानिसलाई क्षयरोग भएको छ भने क्षयरोगले उसको फोक्सोलाई निकै कमजोर बनाएको हुन्छ । यदि बिरामीमा क्षयरोग छ भने उसलाई निकट भविष्यमा सास फेर्न गाह्रो हुने र छाती दुख्ने आदि हुन्छ ।

नेपालमा दम रोग हुने प्रमुख कारण

नेपालमा वातावरणीय प्रदुषणका कारण दमका बिरामीका संख्यामा वृद्धि भइरहेको छ । प्रायजसो नेपालमा क्रोनिक ब्रोन्काइटिस भएर दम हुन्छ । यस्तो दम प्रायः चुरोट सेवन गर्ने र चुलाको धुँवामा बस्ने मानिसलाई बढी देखापर्ने गर्दछ । यो कारण सँगसँगै क्षयरोग तथा बाल्य अवस्थामा छातीको संक्रमण भएको व्यक्तिलाई भविष्यमा गएर दम हुने सम्भावना अत्याधिक बढी हुन्छ । मानिसको फोक्सोमा विभिन्न रोगहरु लाग्न सक्छन । त्यस्ता रोगका कारणले सुरुमा खोकी लाग्ने, खकार आउने र भविष्यमा गएर दम हुने गर्दछ ।

‘‘धुवाधुलोमा काम गर्ने मानिसलाई दम हुने सम्भावना अत्याधिक हुन्छ । मुुटुका बिरामीहरुलाई पनि श्वास फेर्न गाह्रो हुने गर्दछ । चुरोटको सेवन गर्ने, अत्याधिक धुँवाधुलोमा काम गर्ने र यदि गर्भवती महिलाले चुरोट खाएको खण्डमा भविष्यमा जन्मने बच्चालाई पनि दम हुने सम्भावना अन्यको तुलनामा धेरै हुन्छ ।’’

दमका लक्षणहरु
-श्वास फेर्न गाह्रो हुने
-खोक्दा खकार निस्कने
-खोकी लाग्ने
-बिरामीलाई तलमाथि, उकालीओराली गर्दा श्वास बढेर आउँछ ।
-बिरामीको छाती दुख्ने र खोक्दाखेरी खकारमा रगत समेत देखा पर्दछ ।

यदि बिरामीमा क्रोनिक ब्रोन्काइटिस छ भने फोक्सोमा रगत देखा पर्दछ ।

‘‘मानिसमा क्षयरोग भएमा पनि फोक्सोमा संक्रमण भई मुखबाट रगत आउने गर्दछ । खकारमा रगत देखिएमा त्यसलाई तुरुन्त आफ्नो डाक्टर समक्ष परामर्श गर्नु आवश्यक छ ।’’

कुनै क्यान्सर तथा साना ट्युमरको कारणले पनि खोक्दा रगत आउनसक्छ । दमको कारणले कहिलेकाही विरामीलाई छाती कस्सिए जस्तो अथवा केही कुराले थिचे जस्तो महसुस हुने लामो सास फाल्न र लिन खोज्दा गाह्रो महसुस हुने गर्दछ । तर यो के–कति कारणले भइरहेको छ भन्ने वास्तविकता पत्ता लगाउन शरिरको जाँच गर्नु आवश्यक छ ।

उपचार
दमको उपचार गर्नुभन्दा पहिला के कारणले श्वासप्रश्वासमा समस्या आएको हो भन्ने कुरा पहिाचान गरेर मात्र उपचार गर्नुपर्दछ । दम रोग लागेका बिरामीहरुले औषधि खाएपछि बानी पर्दछ भन्ने गलत धारणा जनमानसमा रहेको छ । दमको औषधि नियमित रुपमा सेवन गरेमा बिरामीलाई सजिलो हुने गर्दछ । कुनै बिरामीलाई दम भएको शंका लागेमा तुरुन्त डाक्टर समक्ष परामर्श लिनु आवश्यक छ । जसले गर्दा दम हो या होइन भन्ने कुरा पहिचान गर्न हुन्छ । यदि कुनै व्यक्तिलाई बंशाणुगत कारणले दम भएको छ भन पूर्णरुपमा निको नहुन पनि सक्दछ ।

दम रोग लाई कसरी रोकथाम गर्ने
बिरामीले चिसोबाट बच्नुपर्दछ । जाडो समयमा दमले बढी सताउने भएकोले आपूm बस्ने घर र कोठालाई न्यानो बनाउनुपर्छ । न्यानो कपडा लगाउनुपर्छ । छाती रोगको कारणले नै दम हुन्छ । बाल्यअवस्थामा छातीमा संक्रमण देखियो भने त्यसलाई पूर्ण औषधि उपचार गराउनुपर्दछ । दम हुने मानिसले दाउराको चुलो, धुँवा र धुलोबाट टाढा नै रहनुपर्दछ । बाहिरी वातावरणको धुलोबाट बच्न मास्क लगाउनुपर्छ । धुम्रपान गर्ने बानी छ भने त्यसलाई त्याग्नुपर्छ । धुम्रपान गर्ने मानिसको वरपर बस्नुहुदैन । यदि हामीले फोक्सोलाई सधैँ स्वस्थ राख्न सक्यौँ भने दम रोगबाट बच्न सकिन्छ । यदि कुनै मानिसलाई छातीमा संक्रमण भएमा डाक्टरको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्दछ ।

(वरिष्ठ दम तथा छाती रोग विशेषज्ञ डा. गुप्ता नर्भिक  अस्पतालमा कार्यरत हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्