Logo
|
Thursday 28th March 2024
Logo

epaper

काठमाडौंको सिनामंगलमा अत्याधुनिक डेन्टल एन्जेल्स क्लिनिक शुरु



काठमाडौंको सिनामंगलमा अत्याधुनिक डेन्टल हाइजिन मेन्टेन गरेर डेन्टल एन्जेल्स क्लिनिक शुरु भएको छ । दाँतसम्बन्धि जनचेतना जागृत गर्ने, डेन्टल पर्यटकको विकास एवं जेरियाट्रिक र पेडियाट्रिक डेन्टल उपचारलाई प्राथमिकता दिँदै सम्पूर्ण दाँतसम्बन्धि अत्याधुनिक उपचार सेवा एउटै छातामुनि प्रदान गर्ने उद्देश्यले सो क्लिनिक शुरु भएको हो ।


कन्सल्टेन्ट प्रोस्थोडेन्टिष्ट डा. अनुषा श्रेष्ठको अध्यक्षतामा सञ्चालनमा आएको यो क्लिनिकमा प्रोपर हाइजिन मेन्टेन गरेर प्रोपर डेन्टिष्ट्रि सेवा उपलब्ध गराउने लक्ष्य रहेको डा. श्रेष्ठले बताउनुभयो ।भैरहवाको युनिभर्सल मेडिकल कलेजमा असिस्टेन्ट प्रोफेसर भएर ३ वर्षजति काम गरिसक्नुभएकी कन्सल्टेन्ट प्रोस्थोडेन्टिष्ट डा. श्रेष्ठले सर्वसाधारणको पहुँचभित्र रहने गरी दाँतसम्बन्धि सबै सेवा उपलब्ध गराउने लक्ष्य लिनुभएको छ ।

प्रोस्थोडेन्टिष्ट सेवा अन्तर्गत झरेको दाँत रिप्लेसमेन्ट, कस्मेटिक, इम्प्लान्ट डेन्टिष्ट्री, म्याक्जिलोफेसियल प्रोस्थेसिस विधामा आफ्नो ज्ञान रहेको भएपनि सम्बन्धित विधाका सबै डेन्टिष्टहरुलाई एउटै छातामुनि भेला गराएर वृहत रुपमा सम्पूर्ण दाँतको उपचार सेवा प्रदान गर्ने जमर्को राखेको उहाँले जनस्वास्थ्य सरोकारलाई बताउनुभयो । नेपाल आएका कतिपय पर्यटकहरु घुमफिरपछि दाँत उपचारका लागि भारत जाने गर्छन् । यस्तो अवस्थामा उनीहरुलाई भारत गएर उपचार गर्दा लागेको खर्च भन्दा पनि सस्तो मूल्यमा नेपालमा सेवा उपलब्ध गराउने डा. श्रेष्ठले स्पष्ट पार्नुभयो । दाँतसम्बन्धि हरेक डिपार्टमेन्टको व्यवस्था रहेको यस क्लिनिकमा ओभल सर्जरी, रिप्लेसमेन्ट, तार बाँध्ने, पेडियाट्रिक अर्थोडेन्टिष्टलगायत सबै सुविधा उपलब्ध छ ।
स्थानीय सिनामंगलबासीहरुलाई २० प्रतिशत छूट प्रदान गर्ने, समुदायमा निःशुल्क दन्त शिविर गर्ने, डेन्टल हाइजिन मेन्टेन गर्न जनचेतना अभिवृद्धि गर्नेलगायतका लक्ष्य रहेको उहाँको भनाइ छ । निकै सुन्दर तरिकाले डेकोरेसन गरेको यस क्लिनिकमा घरायसी वातावरणमा उपचार सेवा प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्