Logo
|
Sunday 20th October 2019
NEWS PAPER

क्रिटिकल केयरमा करियर



डा.आमिर सिद्धिक बल्खु स्थित बयोधा अस्पतालको क्रिटिकल केयर युनिटमा बिगत एक वर्षदेखि पूर्णकालीन रुपमा कार्यरत हुनुहुन्छ । उहाँले क्रिटिकल केयरमा एमडी गर्नुभएको छ । उहाँले बंगलादेशबाट एमबिबिएस गर्नुभएको हो । पाकिस्तानबाट ग्याँस्ट्रोमा एमडी गर्दागर्दै वंगलादेशमा कार्डियोमा एमडी पढ्न जानुभयो । तर त्यसलाई पनि त्यागी क्रिटिकल कोयरमा आफ्नो करियर बनाउने निधो गरेर इजिप्टबाट क्रिटिकल केयर मेडिसिनमा एमडी गर्नुभयो । क्रिटिकल केयरबारे के भन्नुहुन्छ डा. सिद्धिक आउनुस् जानौं ।


क्रिटिकल केयर मेडिसिन कस्तो बिधा हो ?
क्रिटिकल केयर मेडिसिन सिकिस्त बिरामीको जीवन रक्षा गर्ने, आउनसक्ने कम्लिकेसनबाट बिरामी जोगाउने बिषयको अध्ययन हो । सडक दुर्घटना, हृदयघात, स्ट्रोक लगाएतका एक्युट इमर्जेन्सी भएमा बिरामीलाई इमर्जेन्सी मेडिसिन दिएर स्टेबल बनाउने गरिन्छ । यदि बिरामी सिकिस्त छ, प्रेसर कन्ट्रोलमा छैन, हार्टरेट मिलेको छैन, रक्तस्राव भइरहेको छ भने ति सबै समस्यालाई म्यानेज गर्ने बिधा क्रिटिकल केयर मेडिसिन हो ।
कुनै बिरामी हेर्दा त स्टेबल हुनसक्छ तर केहि समय अथवा एकदुइदिन पछि फेरि खतरा हुनसक्छ । ठूला हृदयघात भएको बिरामीको २४ देखि ४८ घण्टा सम्म मुटुको चाल बिग्रिने, हार्ट फेलिएर हुने साथै अन्य कम्लिकेसन आउने सम्भावना पनि बढि हुन्छ । यस्ता बिरामीलाई आइसियूमा राख्नुपर्छ । कप्लिकेसनको संकेत एकैचोटी देखिदैन । सुरुमा देखिने लक्षणलाई पहिचान गरेर नियन्त्रण गर्न सकिन्छ । यो पनि क्रिटिकल केयर मेडिसिनअन्तर्गत पर्छ ।

नेपालमा चलेको आई.सी.यू.
नेपालमा अहिले लेवल वान, टु र थ्री गरी तिन प्रकारको आई.सी.यू. चलेको छ । लेवल थ्रीमा भेन्टिलेटर, मोनिटर लगायत सम्पूर्ण उपकरणको व्यवस्था हुन्छ । लेवल टू मा मोनिटोरिङको सबै पद्धति सँगै धेरैजसो एक अंगलाई सपोर्ट गर्ने सामाग्री जस्तै डायलाईसिस मेसिन हुन्छ । यसलाई डिपेन्डेन्सी केयर युनिट पनि भनिन्छ । बिरामी सिकिस्त भएमा आई.सी.यू.मा लगिन्छ र सामान्य भएमा वार्डमा सारिन्छ । लेवल वन आई.सी.यू.मा मोनिटर मात्र हुन्छ । बयोधामा तिनै प्रकारका आई.सी.यू.को सुविधा उपलब्ध छ ।
बयोधा अस्पतालमा ११ बेडको सर्जिकल आई.सी.यु छ । १० बेडको मेडिकल आई.सियु छ भने ४ बेडको एन.आई.सी.यू. छ र जर्नल बेड २५ ओटा छ जसमा पोर्टेवल मोनिटर जोड्ने सुविधा छ । यस अस्पतालको जम्मा बेड संख्या ५० छ ।
कस्ता बिरामी धेरै आउँछन् ?
यहाँ सबै खालका बिरामी आउँछन । तर संक्रमण (सेप्सिस) र सडक दुर्घटना भएका बिरामीको चाप धेरै छ । दुर्घटना भएर पोलिट्रमा र बे्रन इन्जुरी भएका बिरामीलाई सर्जिकल आई.सी.यू.को जरुरत पर्छ ।
बयोधा अस्पतालमा क्रिटिकल केयर मेडिसिनको सेवा लिन बिरामी किन आउने ?
यस अस्पतालमा आउने बिरामीलाई अप्टिमल (उत्कृष्ट) केयर दिइन्छ । बयोधा हस्पिटलको सेवा महँगो हो कि भन्ने कतिपयलाई लाग्नसक्छ तर यहाँ बिरामीले न्युनतम मुल्यमा गुणस्तरीय सेवा पाउनसक्छन् । यहाँ बिरामीलाई मल्टिस्पेसियालिटी सेवा उपलब्ध छ । धेरैजसो अस्पतालमा २४ सै घण्टा इन्टेन्सिभिष्ट पाइँदैन । तर यहाँ २४ सै घण्टा इन्सेन्टिभिष्ट डाक्टर उपलव्ध छन् ।
क्रिटिकल केयरमा पुगेका बिरामीको मृत्युदर कस्तो छ ?
आई.सी.यू.मा आउने बिरामीमध्ये कार्डियाक इमर्जेन्सीका बिरामीको ज्यान जाने सम्भावना बढी हुन्छ । बिरामीको मृत्युदर ६० प्रतिशत सम्म हुने अन्तर्राष्ट्रिय तथ्याङ्कहरुले देखाउँछन् । बयोधामा आउने बिरामीको मृत्यूदर २० प्रतिशतभन्दा धेरै छैन । यहाँ आएका करिब ८० प्रतिशत बिरामी बाँचेर घर फर्केका छन् । यदि संक्रमण (सेप्सिस) भएर अस्पतालमा पुगेका बिरामी मर्ने सम्भावना करिब १० प्रतिशत भन्दा कम हुन्छ ।
क्रिटिकल केयरमा टिम वर्कको भूमिका
विकसित मुलुकमा आई.सी.यू.स्वतन्त्र बनाइन्छ । आई.सी.यू.मा हुने डाक्टरहरुले क्रिटिकल केयर मेडिसिन विषयमा एम.डी.अध्ययन गरेका हुन्छन् । उनीहरुले कार्डियाक क्रिटिकल केयर, हेमाटोक्रिटिकल केयर, नेफ्रो क्रिटिकल केयर लगायतमा सुुपरस्पेसियालिटीको कोर्षको अध्ययन पूरा गर्छन् । क्रिटिकल केयरमा रहेका सबै बिरामीको उपचार इन्टेन्सिभिष्ट डाक्टरले गर्ने भएकाले उपचारको गुणस्तर राम्रो भएको पाइन्छ ।
हाम्रो देशमा क्रिटिकल केयरमा टिम वर्क सिस्टमको राम्रो विकास हुन सकेको छैन । क्रिटिकल केयरबारे धेरैलाई ज्ञान पनि छैन । अहिले क्रिटिकल केयरमा डीएमहरुको उत्पादन हुन थालेपनि विगतमा इन्टरनल मेडिसिन र एनेस्थेसियामा डीएम र एमडी गरेका चिकित्सकहरुले उपचार र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका थिए ।
नेपालको सन्दर्भमा आई.सी.यू.मा काम गर्ने डाक्टरहरुलाई अन्य फ्याकल्टीका डाक्टरहरुले सहयोग गर्छन् । उनीहरुले उपचारको बारेमा फिडब्याक पनि दिने गर्छन् । सबैको फिडब्याक लिइसकेपछि आई.सी.यू.का डाक्टरले भरपर्दो उपचार सेवा प्रदान गर्छन् ।
बयोधा हस्पिटलले नेपालको यो सिस्टमलाई ब्रेक गरेर आई.सी.यू.लाई स्वतन्त्र बनाउने कोसिस गरिरहेको छ । सबै स्पेसियालिटी भएको डाक्टरहरुसँग मिलेर टिम वर्क बनाएर काम अघि बढाइरहेको छ । क्रिटिकल केयरमा टिमवर्क र को—अर्डिनेसनको भूमिका महत्वपूर्ण हुन जरुरी हुन्छ । सबै फ्याकल्टिका डाक्टर सँगै क्रिटिकल केयरको अनुगमन गरिन्छ । यसका साथै समस्याको निकासका लागि एक आपसमा छलफल हुने गर्छ । क्रिटिकल केयरमा भुईं सफा गर्नेदेखि ठूला कन्सल्टेन्टसबैको भूमिका बराबर हुन्छ ।
कति जति बिरामीले क्रिटिकल केयरसम्बन्धि सेवा प्राप्त गर्न सफल भए ?
एक वर्षमा कम्तिमा ५ सयको हाराहारीमा बिरामीले अस्पतालबाट क्रिटिकल केयरको सेवा र सुविधा प्राप्त गरिरहेका छन् । त्यसभन्दाबाहेक कति बिरामीले जस्तैः प्री— अपरेटिभ तथा पोष्ट अपरेटिभ आई.सी.यू. सेवा लिन छोटो समयका लागि मात्र पनि आउने गर्छन् । यो समेतलाई जोड्दा क्रिटिकल केयरमा एक वर्षमा एक हजारभन्दा बढि बिरामीले सेवा लिने गरेका छन् ।

NH
Health News
प्रतिक्रिया दिनुहोस्