Logo
|
Thursday 25th April 2024
Logo

epaper

सबैभन्दा उच्चस्तरका मेडिकल प्रविधि मुलुकमा भित्र्याउने हाम्रो पहिलो प्राथमिकता



 

   शेर श्रेष्ठ, प्रबन्ध निर्देशक/ इष्टवेष्ट कन्सर्न प्रा.लि.

शेर श्रेष्ठ इष्टवेष्ट कन्सर्न प्रा.लि.का प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँले सिभिल इन्जिनियर अध्ययन गरेर पनि मुलुकमा अत्याधुनिक मेडिकल उपकरणको व्यवसायमा आफ्नो करियर बनाउनुभएको छ । अत्याधुनिक प्रविधिबाट आम बिरामीको रोग डायग्नोसिस र उपचारका लागि मुलुकका अस्पताल र मेडिकल कलेजहरुमा नविनतम मेडिकल टेक्नोलोजी भित्र्याउन उहाँले खेलेको भूमिका महत्वपूर्ण छ । यतिखेर उहाँ विश्वस्तरीय अत्याधुनिक मेडिकल टेक्नोलोजी आपूर्तिमा केन्द्रित भएर काम गरिरहनुभएको छ । यस अंकमा हामीले प्रबन्ध निर्देशक श्रेष्ठलाई प्रस्तुत गरेका छौं ।

इष्टवेष्टबारे जानकारी दिनु न ?
इष्ट वेष्ट कन्सर्न प्रा.लि. ३८ वर्ष पूरानो मेडिकल उपकरण आपूर्ति गर्ने कम्पनि हो । बुबा वंशीराम श्रेष्ठले सन् १९८१ मा यो कम्पनि जन्माउनुभएको हो । सन् १९८६ मा बीर हस्पिटलमा पहिलोपटक सिटी स्क्यान एन्जिओग्राम मेसिन उपलब्ध गराएका थियौं ।

संसारमा आविश्कार भएका सबैभन्दा उच्चस्तरका प्रविधि मुलुकमा भित्र्याउने महत्वकांक्षी बोकेर हिँडेका छौं । यसबाट संसारका विकसित देशमा प्राप्त हुने उच्चतम डायग्नोसिस र उपचार सेवा नेपालमा उपलब्ध गराउन मद्धत पुगेको छ । नेपालबाट भारत, सिंगापुर, थाइल्यान्ड, जापान अमेरिका लगायतका देशहरुमा रोग डायग्नोसिस र उपचारका लागि बिरामीहरु बिदेशीनबाट रोक्न हाम्रो पहल हुनेछ ।
हामीले उपलब्ध गराएका मेडिकल उपकरणहरु विकसित देशका ख्यातिप्राप्त अस्पतालमा प्राप्त हुने टेक्नोलोजी भन्दा फरक छैन । यस्ता त्याधुनिक उपकरण र दक्ष चिकित्सकहरुका कारण धेरैहदसम्म बिरामीहरु विदेशीन नपर्ने अवस्था सृजना भएको छ ।

संसारमा आविश्कार भएका सबैभन्दा उच्चस्तरका प्रविधि मुलुकमा भित्र्याउने महत्वकांक्षी बोकेर हिँडेका छौं । यसबाट संसारका विकसित देशमा प्राप्त हुने उच्चतम डायग्नोसिस र उपचार सेवा नेपालमा उपलब्ध गराउन मद्धत पुगेको छ ।

 

यहाँले मेडिकल टेक्नोलोजीका कुन कुन विधामा हात हाल्नुभएको छ ?
इस्टवेस्ट कन्सर्न प्रा.लि.ले रेडियोलोजी, ल्याब, क्रिटिकल केयर, सर्जिकल, रेडियोथेरापीसम्बन्धि महत्वपूर्ण ५ विधामा केन्द्रित रहेर मुलुकमा विश्वस्तरीय अत्याधुनिक टेक्नोलोजी भित्र्याइरहेको छ ।
सर्जिकल डिभिजनअन्तर्गत अपरेशन थियटरमा आवश्यक पर्ने सम्पूर्ण उपकरण उपलब्ध हुन्छ । जस्तैः एनेस्थेसिया मेसिन, ओटी लाइट, माइक्रोस्कोप, कट्रिमेसिन, ओटी टेबल, मोडुलर ओटी, मिनिमल इन्भेजिब सर्जरी आदि । यसैगरी कम्पनिको अर्को ठूलो रेडियोलोजी डिभिजनअन्तर्गत अत्याधुनिक x-rey, Ultrasound, CT scan, MRI,Cathlab, PET-CT मेसिनहरु पर्दछन् ।
ल्याब डिभिजनअन्तर्गत SIEMENS कम्पनिका उत्पादनहरु बायोकेमेष्ट्री एनालाइजर, हेमाटोलोजी, Immunoassay लगायत Complete Lab Diagnostic उपकरणहरु उपलब्ध हुने गर्छ ।
क्रिटिकल केयर डिभिजनमा आई.सी.यू. एन.आई.सी.यू. पि.आई.सि.यु.लगायतका ठाउँमा आवश्यक पर्ने भेन्टिलेटर, मोनिटर, एबिजी लगायतका प्रविधि रहेका छन् ।
पाचौँ रेडियोथेरापी डिभिजन अन्तर्गत अत्याधुनिक लिनियर एक्सिलेटर, Brachytherapy मेसिन उपलब्ध छन् । धेरैजसो मेडिकल कलेज, कर्पोरेट हस्पिटलहरुले हाम्रा अत्याधुनिक टेक्नोलोजी प्रयोग गरिरहेका छन् । नेपालमा क्यान्सर बिरामीहरु बढिरहेका छन् । त्यो अनुपातमा रेडियोथेरापी दिने अस्पतालहरु निकै कम छन् । त्यसैले सरकारी तथा निजी अस्पतालहरुले यसमा लगानी बढाउनुपर्छ ।

यस क्षेत्रमा कसरी लगाब बढ्यो ?
पेशाले म सिभिल इन्जिनियर हो । इन्जिनियर अध्ययनपश्चात् जागिर खाने कोशिस गरेँ । तर बुबाले आफूले शुरु गरेको मेडिकल उपकरणसम्बन्धि व्यवसाय सम्हाल्न आग्रह गर्नुभयो र सन् १९९७ मा तीन महिना ट्रेनिङका लागि जर्मन पठाउनुभयो । यस अवधिमा मैले मेडिकल टेक्नोलोजीबारे राम्रोसँग बुझ्ने मौका पाएँ । मलाई यो क्षेत्र धेरै विशाल र चासोको विषय लाग्यो ।
नेपालमा स्वास्थ्य संस्थाहरुमार्फत रोग डायग्नोस्टिक र उपचारमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि भित्र्याएर आम नेपालीलाई सुविधा दिने चाहना बढ्यो । यो राम्रो व्यवसाय र बिरामीलाई लाभ पुग्ने भएकाले मेरो लगाब यतातिर बढेको हो । जर्मनमा ट्रेनिङ सकेर आउनेबित्तिकै सम्बन्धित विधाका आवश्यक इन्जिनियरहरुसँगको साथ र सहयोग लिएर काम शुरु गरेँ । अहिले इष्टवेष्ट कन्सर्न स्वास्थ्य क्षेत्रमा स्थापित हुन सफल भएको छ ।
सर्वसाधारणले कसरी गुणस्तरीय सेवा प्राप्त गर्न सक्छन् ?
गुणस्तरीय सेवा प्राप्त गर्न, सुविधासम्पन्न अस्पताल, दक्ष चिकित्सक र गुणस्तरीय उपकरणहरुको राम्रो संयोजन हुनुपर्छ । स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराएको नविनतम प्रविधिबाट बिरामीहरुले गुणस्तरीय सेवा प्राप्त गर्न पाएका छन् । आजकाल सबैको हातमा स्मार्ट फोन छ । गुगलबाट रोगबारे पनि जानकारी पाउन सकिन्छ । त्यहि अनुसार नेपालका हस्पिटल, डाक्टर र त्यहाँ राखिएका अत्याधुनिक प्रविधिबारे जानकारी लिन सकिन्छ । हस्पिटलको प्रविधि, चिकित्सक, भौतिक संरचना, क्रिटिकल केयरको स्थिति, इमर्जेन्सी, अपरेशन थियटर, आईसीयु कस्तो छ ? भनेर बुझिसकेपछि उपचारका लागि जान सकिन्छ । नेपालमा अहिले धेरै विश्वस्तरीय अत्याधुनिक टेक्नोलोजीहरु भित्रिसकेका छन् । सरकारले पनि यस्ता टेक्नोलोजी भित्र्याउन पहल गर्नुपर्छ । जनसंख्याको हिसाबले देशमा वेड संख्या र चिकित्सकहरु पर्याप्त छैनन् । त्यसकारण मुलुकमा थप अस्पताल र मेडिकल कलेजहरुको आवश्यकता छ ।
यहाँको भावी योजना के छ ?
विश्वमा आविष्कार भएका यस्ता नविनतम प्रविधि जतिसक्दो चाँडो देशमा भित्र्याएर नेपाली जनतालाई विश्वस्तरीय सरह अत्याधुनिक प्रविधिबाट सेवा उपलब्ध गराउने हाम्रो मुख्य एजेन्डा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्